लकडाउन अटेर गरेर बाहिर निस्किएका १७४८ जना नियन्त्रणमा

काठमाडौं। उपत्यकाका विभिन्न ठाउँबाट लकडाउन उल्लघंन गर्ने एक हजार ७४८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आज बिहान ६ बजेदेखि अपरान्ह ४ बजेसम्म उनीहरूलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताए ।

नियन्त्रणमा लिइएकाहरूमा काठमाडौंमा सबैभन्दा बढी एक हजार ३२०, ललितपुरमा ३७५ र भक्तपुरमा ५३ जना छन्।

यसैगरी आज ६३४ वटा दुई पाङ्ग्रे र ५१ वटा चारपाङग्रे गरी ६८५ वटा सवारीसाधनलाई कारवाही गरिएको छ।

लकडाउनको अटेर गरी बाहिर निस्कनेलाई नियन्त्रणमा लिई प्रहरीले कोभिड-१९ को बारेमा प्रशिक्षण दिएर छाड्ने गरेको छ।

त्यस्तै सवारीसाधनलाई दिनभर नियन्त्रणमा लिएर बेलुका छाड्ने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्