३१ जना संक्रमित भेटिएको प्रदेश १ मा ६३७७ जनाको कोभिड-१९ परीक्षण
विराटनगर। प्रदेश १ मा छ हजार ३७७ जनाको कोभिड-१९ परीक्षण गरिएको छ।

त्यसमा आरडीटी विधिबाट पाँच हजार ८९ र  जनाको नमूना परीक्षण भएको छ।

त्यस्तै एक हजार २८८ जनाको थ्रोट स्वाब नमूना संकलन गरिएको मुख्यमन्त्रि तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ।

यस प्रदेशमा अहिलेसम्म ३१ जनामा कोभिड-१९ पुष्टि भएको छ।

उदयपुरका २८, झापाका दुई र भोजपुरका एकजना संक्रमितको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ।

उनीहरूको स्वास्थ्य अवस्था समान्य रहेको अस्पतालले जनाएको छ।

यता, प्रदेश सरकारले निर्माण गरेको क्वारेन्टाइन स्थलमा बस्नेको संख्या आजसम्म दुई हजार ३३७ जना पुगेको छ। ३० जना डिस्चार्ज भएका छन्।

स्वास्थ्यकर्मीको निगरानीमा आइसोलेसनमा ३९ जना छन्। होम क्वारेन्टाइनमा छ हजार १९९ जना बसिरहेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्