गृह मन्त्रालयले गर्यो ५ जना सीडीओको सरुवा

काठमाडौं। गृह मन्त्रालयले पाँच जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ।

आजको मन्त्रीस्तरीय बैठकले ती सीडीओहरुको सरुवाको निर्णय गरेको हो।

बर्दियाका सिडिओ रामबहादुर कुरुम्वाङलाई स्याङ्जा पठाइएको छ। स्याङ्जाका कोशहरि निरौलालाई गुल्मी सरुवा गरिएको छ।

बर्दियामा इलाका प्रशासन कार्यालय चन्द्रौटा, कपिलवस्तुका उपसचिव प्रेमलाल लामिछानेलाई पठाइएको छ।

दार्चुलाका सीडीओ शंकरबहादुर विष्टलाई इलाका प्रशासन कार्यालय चन्द्रौटा, कपिलवस्तु पठाइएको छ। विष्‍टको ठाउँमा गुल्मीका सीडीओ यदुनाथ पौडेललाई सरुवा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्