काठमाडौं। थर्मल गन कालोबजारी गरेको आरोपमा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भए लगत्तै पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भने साधारण तारेखमा रिहा गरेको छ।
अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाए लगत्तै प्रहरीले उनलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको जिम्मा लगाएको थियो।
तर, विभागले उनलाई लकडाउनपछि अनुसन्धान गर्ने गरी अहिले तारेखमा छाडेको हो।
विभागका एक अधिकृतका अनुसार प्रहरीले जिम्मा लगाएलगत्तै उनलाई सामान्य सोधपुक्षको काम गरेर लकडाउनपछि अनुसन्धान गर्ने भन्दै छाडिएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले उनले थर्मल गन कालोबजारी गरेको कसुर अन्तर्गत अदालतले तोकेको धरौटी रकम बुझाए लगत्तै पक्राउ गरेको थियो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले अग्रवाललाई २५ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियो।
जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले कालोबजारी तथा केही अन्य सार्वजनिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार अग्रवालविरुद्ध काठमाडौं जिल्ला अदालतमा १६ वैशाखमा मुद्दा दायर गरेको थियो।
" /> काठमाडौं। थर्मल गन कालोबजारी गरेको आरोपमा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भए लगत्तै पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भने साधारण तारेखमा रिहा गरेको छ।अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाए लगत्तै प्रहरीले उनलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको जिम्मा लगाएको थियो।

">