समानुपातिक र सन्तुलित बजेट विनियोजन गर्न पर्यटनमन्त्रीलाई सांसदहरूको सुझाव
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले आगामी आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रको विकासका लागि समेटिनुपर्ने विषयमा सांसदहरुसँग छलफल थालेका छन्।
छलफलमा सांसदहरूले बजेट विनियोजन गर्दा पहुँचका आधारमा नभई समानुपातिक, समावेशी र सन्तुलनका आधारमा गर्न सुझाव दिएका छन्।
उनले पर्यटन क्षेत्रको विकास र समृद्धिका लागि आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम एवं बजेटमा मन्त्रालयका तर्फवाट प्रस्तुत गर्ने योजना र कार्यक्रमका सम्बन्धमा आज प्रदेशगत रूपमा संघीय सांसदहरुसँग सुझाव लिएका हुन्।
त्यस्तै भोलि, १९ वैशाखमा प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का नेकपाका सांसदहरुसँग सुझाव लिने मन्त्री भट्टराईको निजी सचिवालयले जनाएको छ।
त्यस्तै, प्रतिपक्षी दलका सांसदहरुसँग पनि क्रमबद्धरुपमा  सुझाव माग्ने योजना छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्