काठमाडौं। हिमालय एअरलाइन्सले जहाज औषधी र स्वास्थ्य सामग्री लिनको लागि चीनको हुनान प्रान्तको राजधानी छाङ्सा गएको छ।
हिमालय एअरलाइन्सको जहाज आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छाङ्सातर्फ प्रस्थान गरेको विमानस्थलका अधिकारीले बताएका छन्।
चीनको छाङ्सामा हिमालय एअरलाइन्सले व्यवसायीक उडान गरेकाे थियाे। तर, पछिल्लाे समय छाङ्साकाे उडान बन्द गरिएकाे थियाे।
हिमालय एअरलाइन्सको जहाज लकडाउन पछाडि दोस्रो पटक चार्टर्ड उडान मार्फत चीन गएको हो। एक कुरिअर कम्पनीले जहाज चार्टर्ड गरेर औषधी र स्वास्थ्य सामग्री ल्याउन लागेको हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए।
उक्त जहाज करीब १० टन स्वास्थ्य सामग्री लिएर १९ बैशाखको विहान आइपुग्ने छ।
यसअघि १४ बैशाखमा हिमालय एअरलाइन्सको जहाजले गोन्जाओबाट औषधी र स्वास्थ्य सामग्री काठमाडौं ल्याएको थियो।
" /> काठमाडौं। हिमालय एअरलाइन्सले जहाज औषधी र स्वास्थ्य सामग्री लिनको लागि चीनको हुनान प्रान्तको राजधानी छाङ्सा गएको छ।हिमालय एअरलाइन्सको जहाज आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छाङ्सातर्फ प्रस्थान गरेको विमानस्थलका अधिकारीले बताएका छन्।

">