"> अस्थिरता निम्त्याउने प्रयासलाई सफल हुन दिइने छैन : प्रधानमन्त्री: Dekhapadhi
अस्थिरता निम्त्याउने प्रयासलाई सफल हुन दिइने छैन : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता निम्त्याउन गरिएका प्रयासलाई सफल हुन नदिइने बताएका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा प्रधानमन्त्रीले आफ्नै पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विकसित परिस्थितिलाई इंगित गर्दै त्यो कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गरेका हुन्।

सञ्चार माध्यम र सामाजिक सञ्जालमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासहरुको समाचार सम्प्रेषण र चर्चा भइरहेको बताउँदै उनले सन्देशमा भनेका छन्, “एकातिर सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद् कुरा हो ।”

प्रधानमन्त्रीले आफ्ना स-साना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले परिस्थितिलाई बिथोल्न र बिगार्न खोजेमा त्यो सरकार, नेकपाका कार्यकर्ता र जनतालाई किमार्थ स्वीकार्य नहुनेसमेत उल्लेख गरेका छन्। “त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु”, उनले भनेका छन्।

कमीकमजोरी भए सच्याउनु पर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले भनेका छन्, “तर, अराजक होइन– अनुशासित हुनुपर्छ । समयको ख्याल गर्नुपर्छ । आफैंलाई घात गर्ने होइन– युनियनले भनेजस्तै इमान्दार बन्नुपर्छ ।”

हेर्नुहोस् भिडियो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्