रुसका प्रधानमन्त्री मिखायल मिसुस्तिनलाई कोभिड-१९
मस्को। रुसी प्रधानमन्त्री मिखायल मिसुस्तिनलाई कोभिड-१९ पोजिटिभ देखिएको छ।

कोरोना भाइरसको संक्रमण पुष्टि हुनासाथ उनलाई अस्पताल भर्ना गरिएको छ।

राष्ट्रपति भ्लादिमिर पुटिनले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। प्रधानमन्त्री मिसुस्तिनलाई कोरोना भाइरसको संक्रमण देखिएकै दिन रुसमा सात हजार आठ जना नयाँ बिरामी पाइएका छन्।

त्यससँगै रुसमा कोभिड-१९ का एक लाख बिरामी पुगेका छन्।

प्रधानमन्त्री मिसुस्तिनलाई गत जनवरीमा कार्यभार जिम्मा लगाइएको थियो। र, त्यसलगत्तै कोभिड-१९ को महामारी नियन्त्रणमा सक्रियताका साथ लागिपरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्