बेलायतमा स्वास्थ्यकर्मीको हौसला बढाउन ताली <p>लन्डन। बेलायतमा देशभर एकै समयमा ताली बजाएर कोभिड-१९ को उपचारमा खटिरहेका स्वास्थ्यकर्मी र अत्यावश्यक सेवा उपलब्ध गराउने फ्रन्टलाइन कार्यकर्ताहरूप्रति धन्यवाद ज्ञापन गरिएको छ।</p> <p>बीबीसीका अनुसार उनीहरूको हौसला बढाउन उक्त अभियान चलाइएको हो। ताली बजाउन भेला भएका मानिसले भौतिक दूरी कायम गरे।</p> <p>कोरोना भाइरसको संक्रमणपछि ठीक भएर कामकाजमा फर्केका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले देशवासीको यस अभियानमा साथ दिए। प्रधानमन्त्री जोनसनकी पत्&zwj;नी केरी साइमन्ड्सले पनि ट्विट गर्दै सबैलाई धन्यवाद दिइन्। दुई दिनअघि मात्र उनी आमा बनेकी छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्