पाकिस्तानका सभामुखलाई कोरोना भाइरस संक्रमण
<p>इस्लामावाद। पाकिस्तानी संसद नेसनल एसेम्ब्लीका सभामुख तथा पाकिस्तान तहरि-ए-इन्साफ (पीटीआई)का वरिष्‍ठ नेता असद केसरलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।</p>
<p>आफ्नो ट्विटर ह्यान्डलमार्फत उनले यसबारे जानकारी दिएका हुन्। उनका छोरा र छोरीमा पनि कोरोना भाइरस पोजिटिभ देखिएको छ।</p>
<p>बीबीसीका अनुसार आफूलाई संक्रमण भएको जानकारी दिँदै उनले मानिसहरूलाई सतर्क रहन अपिल गरेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्