नासाले छनोट गर्‍यो मानव मिसनका लागि मुन ल्यान्डर्स निर्माण गर्ने कम्पनीहरू
वासिङ्टन। अमेरिकी नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)ले चन्द्रमामा मानवसहितको मिसन पठाउन आवश्यक अन्तरिक्ष यान निर्माणका लागि कम्पनी छनोट गरेको छ।
सन् २०२४ मा अर्का एक पुरुष र पहिलोपटक एक महिलालाई चन्द्रमामा पठाउने तयारीमा ह्वाइट हाउस छ।
बीबीसीका अनुसार जेफ बेजोसको ब्लु ओरिजिन, इलाने मस्कको स्पेस-एक्स र अलाबामास्थित डाइनेटिक्स गरी तीनवटा कम्पनी छनोटमा परेका हुन्, जसले नासाको आर्टेमिस कार्यक्रम मातहत रहेर ‘मुन ल्यान्डर्स’ निर्माण गर्नेछन्।
मुन ल्यान्डर्स निर्माण परियोजनाको लागत नौ सय ६७ मिलियन अमेरिकी डलर छ। “योसँगै अमेरिका चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने योजनाको फाइनल स्टेपमा प्रवेश गरेको छ,” नासाका प्रशासक जिम ब्राइडेन्स्टाइनले भने, “यससँगै पहिलो पटक महिलाको पाइलामा पनि चन्द्रमामा टेकिनेछ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्