श्रमिक दिवसमा दाहालको सन्देश- कोभिड-१९ बाट सजग बनौं <p>काठमाडौं। नेपाल कम्युनिष्&zwj;ट पार्टी (नेकपा) का अध्यक्ष पुष्&zwj;पकमल दाहालले १३१औं अन्तर्राष्&zwj;ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न श्रमजीवि वर्गलाई आग्रह गरेका छन्।</p> <p>&ldquo;कोभिड-१९ को विश्&zwj;वव्यापी महामारीको सामना गर्न सिंगो विश्&zwj;व नै संघर्षरत छ, यतिबेला संसारभरका श्रमजीवी मजदुरहरूको रोजगारी गुमिरहेको छ,&rdquo; सन्देशमा भनिएको छ, &ldquo;दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानीलगायत विभिन्&zwj;न शहरमा रहेका निम्&zwj;न वर्गीय श्रमजीवी जनताको खाद्यान्&zwj;नलगायतको व्यवस्थापनमा आवश्&zwj;यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न म सरकारको विशेष ध्यानाकर्षण गराउँछु।&rdquo;</p> <p>१ मे १८८६ मा अमेरिकाको सिकागोमा आठघण्टे कार्यदिनका लागि गरिएको आन्दोलनको स्मरणस्वरूप १ मेमा विश्&zwj;वभर अन्तर्राष्&zwj;ट्रिय मजदुर दिवस मनाइन्छ।</p> <p>नेपालमा विसं २००३ मा विराटनगर जुट मिलबाट शुरु भएको श्रमिक आन्दोलन, विभिन्&zwj;न कालखण्डका सशस्त्र र शान्तिपूर्ण जनआन्दोलनमा श्रमजीवी जनताको बलिदानीपूर्ण संघर्षलाई पनि दाहालले आफ्नो सन्देशमा स्मरण गरेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्