कोभिड-१९ विरुद्ध विश्वव्यापी समन्वयमा कमीः राष्ट्रसंघ महासचिव

न्युयोर्क। संयुक्त राष्‍ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोभिड-१९ महामारी नियन्त्रणमा विश्‍वव्यापी समन्वयमा कमी औंल्याएका छन्।

बीबीसीलाई दिएको अन्तरवार्तामा गुटेरेसले महामारीविरुद्ध विश्‍वव्यापी एकतामा जोड दिए।

“पुरै विश्‍व यस महामारीविरुद्ध एकजुट भएर लडिरहेको नपाइनु चिन्ताको विषय हो,” उनले भने, “यो चिन्ताको विषय हो।”

सबै मुलुक आ-आफ्नो रणनीति बनाएर महामारीविरुद्ध लागिपरेको उल्लेख गर्दै गुटेरेसले सबै देश एकसाथ लड्दा मात्र कोभिड-१९ नियन्त्रणमा आउन सक्ने बताए।

विश्‍वका शक्तिशाली मुलुकहरू महामारीविरुद्ध एकसाथ हुन नसकेको उनले औंल्याए। “विश्‍वको अर्थव्यवस्थालाई पर्यावरणका साथ टिकाउ बनाउनु अहिलेको चुनौती हो,” उनले भने।

प्रतिक्रिया दिनुहोस्