आइसोलेसनमा भर्ना भएकी महिलाको मृत्यु
अछाम। जिल्ला अस्पतालको आइसोलेसन वार्डमा उपचाररत एक महिलाको बिहीबार मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा मंगलसेन-५ की ५१ वर्षीय देवु विक छन्। एकाएक उच्च ज्वरो खाएपछि उनलाई १५ वैशाखमा अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख झनकराज ढुंगानाले बताए।

“उच्च ज्वरो आएपछि आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरेका थियौं, उहाँको कोभिड-१९ को आरडीटी परीक्षणको रिपोर्ट नेगेटिभ छ, मृत्युको कारणबारे थप बुझ्दैछौं,” ढुंगानाले भने।

मृत्यु भएकी महिलाको कोरोना भाइरसको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी सुर्खेत पठाइएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्