सुरक्षा सामग्रीसहित श्रममा जाने वातावरण आवश्यकः सभामुख सापकोटा <p>काठमाडौं। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले मजदुरलाई व्यक्तिगत सुरक्षा सामग्रीसहित श्रममा जाने वातावरण तयार पार्न सरकारसँग आग्रह गरेका छन्।</p> <p>१३१औं अन्तर्राष्&zwj;ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै सापकोटाले कोभिड-१९ को महामारीका कारण श्रमिक वर्गले रोजगारी गुमाउनु परिरहेकाले तत्कालीन र दीर्घकालीन योजनासहित राहत र सहयोगका कार्यक्रम ल्याउन जरुरी रहेको बताएका छन्।</p> <p>&ldquo;कोरोना भाइरसका कारण उत्पन्&zwj;न विषम परिस्थितिले विश्&zwj;व बजारमा पुगेका लाखौं नेपाली मजदुरका विषयमा पनि गम्भीर हुनुपर्ने अवस्था आएको छ,&rdquo; सभामुखको सन्देशमा भनिएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्