कोभिड-१९ : दक्षिण कोरियाको निर्यात व्यापार २४.३ प्रतिशत घट्यो
<p>सोल। कोभिड-१९ को महामारी नियन्त्रणका लागि अधिकांश मुलुक लकडाउनमा रहँदा निर्यात व्यापारमा अग्रणी मुलुक दक्षिण कोरियाबाट हुने निकासी २४ दशमलव तीन प्रतिशतले घटेको छ।</p>
<p>यो कोभिड-१९ को महामारीकै कारण उत्पन्‍न परिस्थिति भएको वाणिज्य मन्त्रालयले जनाएको छ।</p>
<p>पूर्वी एशियाली मुलुक दक्षिण कोरिया एकपटक कोरोना भाइरस संक्रमणको हट स्पट बनेको थियो। बीबीसीका अनुसार पछिल्लो २४ घण्टामा नौजना मात्र नयाँ बिरामी फेला परे।</p>
<p>दक्षिण कोरियाले फेब्रुअरीदेखि नै महामारी नियन्त्रणका लागि सबै प्रकारका प्रतिबन्ध लगाउँदै व्यापक मात्रामा परीक्षण शुरु गरेको थियो। हालसम्म १० हजार सात सय ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको ट। यस्तै, दुई सय ४८ जनाले ज्यान गुमाएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्