कोभिड-१९: १० लाख १४ हजार बिरामी भए ठीक <p>लन्डन। कोरोना भाइरसको संक्रमण भएका विश्&zwj;वभरका ३३ लाख आठ हजार सात सय ७२ बिरामीमध्ये १० लाख ४२ हजार नौ सय ९३ जना उपचारपछि घर फिरेका छन्।</p> <p>अमेरिकाको जोन हकिन्स विश्&zwj;वविद्यालयका अनुसार यसको अर्थ कोभिड-१९ का अधिकांश बिरामी ठीक हुने छन्। र, यस महामारीको मृत्युदर कम छ।</p> <p>वल्र्डोमिटरको पछिल्लो तथ्यांकलाई आधार मान्दा हालसम्म यस महामारीमा परी दुई लाख ३४ हजार एक सय ३३ जनाको मृत्यु भएको छ।</p> <p>मेडिकल जर्नल &lsquo;द लान्सेट&rsquo;का अनुसार कोभिड-१९ को मृत्युदर इन्फ्लुएन्जाभन्दा बढी र सार्सभन्दा कम छ। इन्फ्लुएन्जाको मृत्युदर शुन्य दशमलव एक प्रतिशत छ भने सार्सको नौ दशमलव पाँच प्रतिशत।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्