पानीजहाजले भरियो मनिला खाडी

मनिला। मनिला खाडीको किनारमा उभिएर बीबीसी संवाददाताले समुद्रमा लाइन लगाइएका पानीजहाजको गिन्ती गरे। करिब पाँच किलोमिटर टाढासम्म बन्दरगाह इलाकामा १२ वटा पानीजहाज लाइनमा थिए।

मनिलाको समुद्री किनार यतिबेला व्यस्त छ। किनकि, क्रुज सिपमा काम गर्ने फिलिपिन्सका नागरिक धमाधम घर फिरिरहेका छन्।

फिलिपिन्स कोस्ट गार्डका अनुसार करिब दुई हजार क्रु मेम्बरलाई १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्न भनिएको छ। उनीहरूले घर फर्किनुअघि अनिवार्य क्वारेन्टाइनमा बिताउनुपर्नेछ।

विदेशी क्रु मेम्बरहरूलाई पनि चार घण्टाभित्र जहाजको उडान भए मात्र समुद्रबाट मुख्य भूमिमा आउन दिने नियम सरकारले बनाएको छ।

बीबीसी संवाददाताले पानीजहाजमा रहेकी एक बेलायती क्रु मेम्बरलाई सम्पर्क गरे। उनले आफू ५० दिनदेखि समुद्रमा रहेको र एउटा सानो क्याबिनमा भौतिक दूरी र सेल्फ आइसोलेसन पालना गरिरहेको जवाफ दिइन्।

उनले मानसिक थकान महशुस गरिरहेकी छन्। उनको भनाइमा समुद्रमा थुनिएका पानीजहाजका हजारौं क्रु मेम्बरहरूलाई सबै बिर्सिएको महशुस भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्