थप दुईजनामा कोभिड-१९ पुष्टि, नेपालमा संक्रमितको संख्या ५९ पुग्यो

काठमाडौैं। आज थप दुईजनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमन्त्रालयले रूपन्देही र बाँकेका एक/एक जना पुरूषमा संक्रमण देखिएको बताएको हो। उनीहरू दुवैको स्वास्थ्य अवस्था सामान्य छ।

स्वास्थ्यमन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले आज, १९ वैशाख दिउँसो २ बजेसम्मको अध्यावधिक विवरण विज्ञप्तिमार्फत् सार्वजनिक गर्दै थप दुईजनामा संक्रमण पुष्टि भएको बताएका हुन्।

संक्रमित भएका दुई जनामध्ये एक जना रूपन्देहीका २५ वर्षीय पुरूष र अर्का बाँकेको नेपालगञ्जका ६० वर्षीय पुरूष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनीहरू दुवैलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्