कैलालीका व्यवसायीले गरे ब्याज मिनाहाकाे माग <p>कैलाली। कैलाली उद्योग वाणिज्य संघले लकडाउनका कारण उद्योग, व्यापार क्षेत्र धरासायी भएको भन्दै लकडाउन अवधिको सम्पूर्ण ब्याज मिनाहा गर्न सरकारसँग माग&nbsp; गरेकाे छ।</p> <p>कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरामार्फत् आज सरकारलाई ज्ञापनपत्र बुझाउँदै ब्याज मिनाहा गर्न आग्रह गरेका हुन्।</p> <p>&lsquo;व्यवसायी बाँचे भने मात्र बैंकरूले मुनाफा कमाउने हुन्। यतिबेला व्यापारव्यवसाय ठप्प हुँदा व्यवसायीहरू निराश र हतोत्साही छन्&rsquo;, ज्ञापनपत्रमा उल्लेख छ, &lsquo;व्यवसायीहरूको यो अवस्थालाई बुझेर लकडाउन अवधिभरको सम्पूर्ण ब्याज मिनाहा गरिदिन हुन प्रधानमन्त्रीलाई आग्रह गर्दछाैं। लकडाउन अवधिको ब्याज मिनाहा नभए व्यवसायीहरू व्यवसाय गर्न सक्ने अवस्थामा नरहने जानकारी गराउँदछाैं।&rsquo;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्