आँखाको उपचार गर्न महिला फुटबलर समिक्षालाई एन्फाको सहयोग

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुर्घटनामा परेर आँखा गुमाएकी महिला फुटबलर समिक्षा मगरको उपचारका लागि २५ हजार रूपैयाँ सहयोग गरेको छ।

यु-१६ टीमकी सदस्य समिक्षाको उदयपुरस्थित घरको खेतमा काम गर्ने क्रममा दायाँ आँखामा चोट लागेको थियो।

शुरूमा सामान्य देखिए पनि उनको आँखाको शल्यक्रिया गर्नुपर्ने अस्पतालले जनाएको छ।

समिक्षा अहिले विराटनगर आँखा अस्पतालमा उपचाररत् छिन्।

एन्फाको तर्फबाट सहायक महासचिव बसन्त अर्यालले अस्पताल परिसरमा समिक्षाका अभिभावकलाई सहयोग रकम हस्तान्तरण गरेका छन्।

यो पहिलो चरणको सहयोग भएको र आवश्यक परे आगामी दिनमा पनि सहयोग गर्ने एन्फाले जनाएको छ।

यसअघि एन्फाका सदस्य रूपेश अधिकारी अध्यक्ष रहेको विराट सांग्रिला क्लबले समिक्षालाई २५ हजार रुपैयाँ सहयोग गरेको थियो।