समस्यामा परेका खेलाडी तथा क्याडीलाई गल्फ संघले सहयोग गर्ने
<p>काठमाडौं। कोभिड-१९ महामारीका कारण समस्या परेका गल्फ खेलाडी तथा क्याडीलाई नेपाल गल्फ संघले सहयोग गर्ने भएको छ।</p>
<p>महामारीका कारण सम्पूर्ण खेलकुद गतिविधि स्थगित भएका कारण दैनिक गुजारा चलाउन समस्या भएका खेलाडी तथा क्याडीहरूलाई संघले सहयोग गर्ने नेपाल गल्फ संघका विकास निर्देशक दीपक आचार्यले बताएका छन्।</p>
<p>आचार्यले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘कोरोना भाइरस संक्रमणका कारण देश लकडाउनमा छ। गल्फ खेल रोकिँदा खेलाडी र क्याडीलाई प्रत्यक्ष असर परेको छ। यो विषम परिस्थितिमा देशभरिका गल्फ खेलाडी र क्याडीलाई दैनिक गुजारा गर्न समस्या भएमा नेपाल गल्फ संघले सहयोग गर्नेछ।’’</p>
<p>संघले समस्या परेको अवस्थामा सहयोग लागि रोयल नेपाल गल्फ क्लबका दीपक थापामगर, गोकर्ण गल्फ क्लबका उपेन्द्र खडका, हिमालयन गल्फ कोर्स (पोखरा) का भूबहादुर गुरुङ र धरान गल्फ क्लबका जितेन्द्र राईलाई सम्पर्क गर्न अनुरोध गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्