लकडाउन खुकुलो पार्दै अर्थतन्त्र चलायमान बनाउन चेम्बरको माग

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सको प्रतिनिध मण्डलले मुख्यसचिव लोकदर्शन रेग्मीलाई भेटेर लकडाउनको मोडालिटी परिवतर्तन गर्न माग गरेको छ।

चेम्बरले उद्योग, वाणिज्य, कृषि, उर्जा, पर्यटन र स्वास्थ क्षेत्रलाई पुनरुत्थान गर्न देशको अर्थतन्त्रलाई चलायमान बनाउन लकडाउनलाई खुकुलो बनाउनुपर्नेमा जोड दिएको हो।

चेम्बरले कोभिड-१९ को संक्रमित नभेटिएका क्षेत्रमा बिस्तारै लकडाउन हटाउन र एक ठाँउका मान्छेलाई अर्को ठाँउमा जान नदिने गरी निश्चित क्षेत्रमा लकडाउन गर्न सकिने राय दिएको हो।

मुख्यसचिवसँगको छलफलमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल र उपाध्यक्ष कमलेशकुमार अग्रवाल सहभागी थिए।

चेम्बरले काठमाडौंमा रहेका उद्योगलाई संचालन गर्न दिन पनि माग गरेको छ। यसो गर्दा यसो गर्दा उपत्यकामा भएका श्रमिकले रोजगारी पाउने उसको ठहर छ।

प्रतिक्रिया दिनुहोस्