काठमाडौं। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले चितवन राष्ट्रिय निकुञ्जबाट १ चैत २०७६ बाट गैँडा गणनाको शुभारम्भ गर्ने तयारी गरेको थियो।
जहिल्यै दाताको भरमा गरिने गैँडा गणना यसपालि भने सरकारको आफ्नै बजेटमा गर्दै थियो। तर, लगातार पानी परेपछि विभागको योजनाअनुसार १ चैतदेखि गैँडा गणना हुन सकेन। त्यसपछि १० चैतलाई सारियो।
“७–८ चैतमा प्राविधिकहरूलाई तालिम दिने, ९ गते सम्बन्धित ब्लकमा पठाउने र १० गतेबाट गणना शुरू गर्ने तयारी थियो”, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले भने, “११ गतेबाट देश नै लकडाउन भएपछि गैँडा गणना रोकियो।”
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार गैँडा गणनाका लागि तयारी पूरा थियो। तर, कोभिड–१९ को सन्त्रासले जोखिम उठाउन नचाहेको उनको भनाइ छ।
“गैँडा गणनाका लागि करीब ४०० जना खट्नुपर्छ”, उनले भने, “जंगलभित्रै बस्ने भए पनि खाद्यान्न जुटाउन त समुदायमा आउनै पर्छ। त्यसैले जोखिम उठाउन चाहेनौं।”
विभागले शुरूमा लकडाउन खुलेपछि गैँडा गणनालाई अगाडि बढाउने योजना बनाएको थियो। तर, लकडाउन खुल्नुको सट्टा बढ्दै गएपछि त्यो सम्भावना टरेको हो।
“३ वैशाखमा लकडाउन खुल्यो भने गणना गर्न सक्छौं भन्ने लागेको थियो”, श्रेष्ठ भन्छन्, “तर अब लकडाउन खुले पनि गणना गर्न सकिने अवस्था छैन।”
चितवन निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवर पनि अब घाँस बढ्ने, बर्खा शुरू हुने समय भएकाले गैँडा गणनाको सम्भावना देख्दैनन्।
“पाटेबाघलगायतका अन्य वन्यजन्तुको गणना क्यामरा ट्रयापिङबाट गर्न मिल्छ तर, गैँडाको मिल्दैन”, उनी भन्छन्, “गैँडा गणना प्रत्यक्ष हुने भएकाले महत्त्वपूर्ण विषय भिजिबिलिटी नै हो।”
गैँडा गणनाको उपयुक्त समय चैत–वैशाख हो, यतिबेला मौसम घमाइलो हुन्छ। अन्य समयमा पानी पर्ने, हिलो हुने, घाँस बढ्ने, डढेलो लाग्ने र जाडोयाममा चिसो हुने भएकाले गैँडा गणनाका लागि उपयुक्त समय मानिँदैन।
गैँडा गणनाबाट त्यस क्षेत्रको क्यारिङ क्यापासिटी, वासस्थान व्यवस्थापनलगायतका थुप्रै योजना बनाउन सहज हुन्छ। तर, एक वर्ष ढिला हुँदैमा पनि खासै फरक भने नपर्ने चितवनका प्रमुख संरक्षण अधिकृत रुपाखेती बताउँछन्।
तयारीमै ३० लाख खर्च
गैँडा गणनाका लागि एक करोड १० लाख ३५ हजार रूपैयाँ छुट्याइएको थियो। हालसम्म करीब ३० लाख रूपैयाँ खर्च भएको छ।
बाँकी रकम फिर्ता हुने वन्यजन्तु विभागका सूचना अधिकारी श्रेष्ठ बताउँछन्। “हामीले गैँडा गणनामा चाहिने विभिन्न किसिमका सामग्रीहरू खरिद गरेका छौं”, उनले भने, “तयारीका क्रममा करीब ३० लाख रूपैयाँ खर्च भएको छ, बाँकी रकम फिर्ता हुन्छ।” आगामी वर्षमा गैँडा गणनाका लागि एक करोड रूपैयाँको प्रस्तावना बनाएको उनको भनाइ छ।
विभागले चितवन र पर्सा निकुञ्जलाई एउटै ब्लकमा राखेर गैँडा गणनाको तयारी गरेको थियो। त्यस्तै बर्दिया र शुक्लाफाँटामा पनि सँगसँगै गैँडा गणनाको तयारी थियो।
सन् २०१५ मा गरिएको गणनामा ६४५ गैँडा रेकर्ड भएका थिए। जसमध्ये चितवनमा ६०५, पर्सामा तीन, बर्दियामा २९ र शुक्लाफाँटामा आठवटा गैँडा रेकर्ड भएको विभागले जनाएको छ।
" /> काठमाडौं। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले चितवन राष्ट्रिय निकुञ्जबाट १ चैत २०७६ बाट गैँडा गणनाको शुभारम्भ गर्ने तयारी गरेको थियो।जहिल्यै दाताको भरमा गरिने गैँडा गणना यसपालि भने सरकारको आफ्नै बजेटमा गर्दै थियो। तर, लगातार पानी परेपछि विभागको योजनाअनुसार १ चैतदेखि गैँडा गणना हुन सकेन। त्यसपछि १० चैतलाई सारियो।

">