लकडाउनसँगै मकवानपुरमा दूध खपत ५० प्रतिशत घट्यो
हेटौंडा। लकडाउन शुरू भएयता मकवानपुरमा ५० प्रतिशत दूध खपत घटेको छ।

दुग्ध सहकारी संघका अनुसार सबैभन्दा बढी आपूर्ति हुने काठमाडौंमा दूध पठाउन नसक्दा खपतमा कमी आएको हो।

दैनिक २० हजार लिटर दूध काठमाडौं पठाइरहेको भए पनि लकडाउनमा १० हजार लिटर मात्र पठाइरहेको संघले जनाएको छ ।

करीब ४० हजार लिटर दूध संकलन गरेर वितरण गर्दै आएको संघले हाल २० हजार लिटर मात्र दूध संकलन तथा वितरण गरिरहेको छ।

दूधको खपतमा कमी आएपछि किसानलाई एकदिन बिराएर दूध ल्याउन अनुरोध गरेको छ। त्यस्तै  वितरण संस्थालाई पनि दिन बिराएर खोल्न निर्देशन दिइएको छ। मकवानपुरमा १७ दुग्ध उद्योग छन्।

जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष वासुदेव अधिकारीले उद्योगमार्फत साधारण अवस्थामा २० हजार लिटर दूध वितरण हुने गरेको भए पनि हाल १० हजार लिटर दूध वितरण भइरहेकाले किसानलाई एकदिन बिराउन अनुरोध गरिएको बताए।

दूध खपत कम हुन थालेपछि किसानलाई दूधका परिकार बनाउन अनुरोध गरिएको अधिकारीले जानकारी दिए।

उनले भने, “हामीले किसानलाई घिउ, पनिर बनाउनन भनेका छौं। कसैले घरबाट नै व्यापार गरेका छन् भने कसैले आफैँले प्रयोग गरेका छन्।” रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्