लकडाउन उल्लंघन गर्ने १५१९ जना नियन्त्रणमा, ५५० वटा सवारीसाधनलाई कारवाही

काठमाण्डौं। उपत्यकाको विभिन्‍न ठाउँबाट लकडाउन उल्लंघन गर्ने एक हजार ५१९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो आज दिनभरि नियन्त्रणमा लिइएकाहरूको तथ्यांक रहेको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताए।

नियन्त्रणमा लिइएकामध्ये काठमाडौंमा सबैभन्दा बढी एक हजार २४९, ललितपुरमा २४९ र भक्तपुरमा २१ जना छन्।

त्यस्तै ५१२ वटा दुई पाङ्ग्रे र ३८ वटा चारपाङ्ग्रे गरी ५५० वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ।

कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणका लागि लकडाउन लागू गरिएपनि सुरक्षित साथ घरमै बस्न गरिएको अनुरोध अटेर गरेर बाहिर निस्कने क्रम अझै रोकिएको छैन।

प्रतिक्रिया दिनुहोस्