नेकपा अध्यक्ष दाहाल नेता माधवकुमार नेपालको निवासमा
काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच अहिले छलफल भइरहेको छ ।

अध्यक्ष दाहाल केही बेरअघि सचिवालय बैठकको पूर्वसन्ध्यामा नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन्।

नेता नेपालका सहयोगी मोहन गौतमले भोलि बस्ने सचिवालय बैठकमा प्रस्तुत हुने विषयवस्तुको बारेमा छलफल गर्न नेताहरूबीच भेटघाट भएको बताएका छन्।

दुई दिनअघि बसेको नेकपा सचिवालय बैठकले पार्टीभित्र देखिएको आन्तरिक विवादका विषयमा गृहकार्य गरी शनिबारका लागि बैठक बोलाउने निर्णय गरेको थियो ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्