कोभिड-१९ को संकट सकिएपछि नेपाल–भारत पर्यटनलाई नयाँ गति दिइने
काठमाडाैं। कोभिड-१९ को संकट सकिएपछि नेपाल-भारत पर्यटनलाई नयाँ गति दिइने भएको छ। दुई देशबीचको पर्यटन प्रवर्द्धनलाई नयाँ दिशा दिन सरोकारवाला निकायले छलफल अघि बढाएका हुन्।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले भारतका पर्यटन संघ-संस्थाका प्रमुखहरूसँग नेपाल-भारत पर्यटनलाई कोरोना संकटपछि नयाँ गति दिने विषयमा अनलाइन छलफल गरेको बोर्डले विज्ञप्तिमार्फत् जनाएको छ।

छलफलमा भारतीय पर्यटनका अगुवा ज्योति मयल (अध्यक्ष, भारतीय ट्राभल एजेण्टस एशोसिएसन), पिपि खन्ना (अध्यक्ष, भारतीय आन्तरिक पर्यटन टुर अपरेटर एशोसिएसन), क्याप्टेन स्वदेश कुमार (अध्यक्ष भारतीय एड्भेन्चर टुर अपरेटर एशोसिएसन), प्रदीप लुल्ला (अध्यक्ष, भारतीय ट्राभल एजेण्टस फेडेरेसन) र महेन्द्र भखारिया (निवर्तमान अध्यक्ष भारतीय आउटबाउण्ड टुर अपरेटर्स एशोसिएसन) सहभागी थिए। बज भारतीय ट्राभलका प्रमुख सञ्चित जैनले छलफलको समन्वय गरेका थिए।

बोर्डका कार्यकारी प्रमुख कार्यकारी अधिकृत डा. रेग्मीले उक्त छलफलमा बोर्डले वर्तमान संकटका समयमा नेपालमा भएका पर्यटकलाई आफ्नो देश फर्किन गरिएको कामका बारेमा जानकारी गराएका थिए। उनले नेपाली पर्यटन उद्योगको क्षति विवरणका लागि सर्वेक्षण गरिरहेको, नेपाल सरकारसँग पर्यटन उद्योगलाई राहत प्याकेजका लागि गरिरहेको पहलकदमीबारे अवगत गराएका थिए।

त्यसैगरी नेपाली पर्यटन उद्योगलाई आगामी दिनमा आवश्यक हुने हाइजिन स्यानिटेसनको व्यवस्था, भारतीय बजार लक्षित हिलस्टेशन र मझौला पहाडी भागमा नयाँ पर्यटकीय गन्तव्यको विकासका साथै ती स्थानमा मनोरञ्जनका आयामका लागि बोर्डले गरिरहेको पहलबारेमा पनि जानकारी गराएका थिए।

छलफल कोरोनापछिका दिनमा भारतीय पर्यटकको नेपाल भ्रमणका लागि चाहिने आत्मविश्वासका लागि गरिनुपर्नेलगायत विविध अभियानका बारेमा केन्द्रित थियो। सबै सहभागी भारतीय पर्यटनका शीर्ष व्यक्तिले सङ्कटपश्चात् भारतीय पर्यटक भ्रमणमा सामाजिक दूरी र सुरक्षाका विषयमा बढी सचेत हुने बताउँदै नेपालले गन्तव्यमा यसको प्रबन्ध गर्न अनुरोध गरेका थिए। नेपालको यो सङ्कटमा हालसम्म शून्य मृत्युको अवस्थाले आगामी दिनमा भारतीय बजारमा छुट्टै स्थान बनाउने र नेपालप्रतिको विश्वास अझ बढाउने सहभागीको भनाइ थियो।

नेपाल-भारत पर्यटन टास्कफोर्स समिति बनाउन नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. रेग्मीले गरेकाे प्रस्तावलाई आगामी दिनका छलफलले टुङ्ग्याउने सहमति भएको छ।

बोर्डले आगामी दिनमा भारतीय समकक्षीसँगको छलफललाई तीव्रता दिने र यस किसिमको गन्तव्य वेभिनार संयुक्तरूपमा आयोजना गर्दै जाने सहमति भएको विज्ञप्तिमा उल्लेख छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्