काठमाडौं। आज मई दिवस। मजदूरहरूले आफ्नो हक, अधिकार सुनिश्चितताका लागि संघर्ष अभिव्यक्त गर्ने दिवस। कोभिड-१९ को चपेटामा सिंगो नपरेको भए विश्वभरका मजदुरले आजको दिनलाई पर्वको रूपमा लिँदै आफ्नो अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिन विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेका हुन्थे।

तर, यस वर्षको मई दिवस श्रमिकका लागि पीडादायी बनेको छ। विश्व अर्थतन्त्र नै कोभिड-१९ को दुस्प्रभावमा परेका कारण लाखौं श्रमिक कामविहिन बनेका छन्।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले १७ वैशाखमा सार्वजनिक गरेको तथ्यांकअनुसार कोभिड-१९ का कारण अनौपचारिक क्षेत्रमा काम गर्ने एक अर्ब ६० करोड मजदुर कामविहीन भएका छन्। यो संख्या संसारको अनौपचारिक क्षेत्रमा आबद्ध श्रमशक्तिको झण्डै आधा हो। उक्त तथ्यांकअनुसार, सन् २०२० को पहिलो चौमासिकमा विश्व श्रमबजारबाट करीब १३ करोड मानिसले पूर्णकालीन रोजगारी गुमाएका छन्। यो तथ्यांकले हप्तामा ४८ घण्टा काम गर्ने मजदुरको संख्यालाई समेटेको आईएलओले बताएको छ।

विश्व श्रमबजारको यस्तो कहालीलाग्दो बेरोजगारीको संख्या सँगै नेपालीहरूको श्रम बजार पनि गुम्ने अवस्थामा छ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार करीब ४० लाख नेपाली वैदेशिक रोजगारीमा रहेका छन्। यी श्रमिकहरू ज्यादै चुनौतीपूर्ण अवस्थामा रहेको श्रम आप्रवासनसम्बन्धी विज्ञ एवं राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. गणेश गुरूङ बताउँछन्। उनीहरू रोजगार गुमाएर नेपाल फर्किने अवस्था आएका नेपालमा भयावहस्थिति सिर्जना हुने गुरूले बताए।

गैरआवासी नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार विदेशमा अलपत्र परेका चार लाखभन्दा बढी नेपाली श्रमिक तत्काल स्वदेश फर्कन चाहन्छन्। वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार वैदेशिक रोजगारीमा रहेको करीब दुई लाखको रोजगारी गुमिसकेको अनुमान छ।

केन्द्रीय तथ्यांक विभागका अनुसार, नेपालमा बेरोजगारीको दर ३०.४ प्रतिशत छ। हरेक वर्ष पाँच लाख युवा नेपाली श्रम बजारमा आउने र उनीहरूको श्रम गन्तव्य नै अरबका देशहरू भएको गुरूङले बताए।

“नेपालमै उच्च बेराजगारी दर भएको र विदेशमा रहेका कामदार पनि रोजगारी गुमाएर नेपाल फर्कने अवस्था भयो भने यहाँको सामाजिक सद्भाव नै बिग्रिन्छ”, डा. गुरूङ भन्छन्, “ती बेराजगार युवालाई राजनीतिक दलहरूले आफ्नो स्वार्थअनुसार प्रयोग गर्न सक्छन्। ठूलो संख्या बेरोजगार हुँदा राजनीतिक उथलपुथल पनि आउन सक्छ।”

अर्कोतर्फ नेपालमै विभिन्न क्षेत्रमा काम गरिरहेका श्रमिकले पनि रोजगारी गुमाउने खतरा बढिरहेछ।

केन्द्रीय तथ्यांक विभागले २०७५ सालमा गरेको श्रम शक्ति सर्वेक्षणअनुसार नेपालमा ७१ लाख मानिस विभिन्न क्षेत्रमा रोजगार छन्। त्यसमध्ये, निर्माण क्षेत्रमा १३.८ प्रतिशत, उत्पादनमूलक उद्योगमा १५.१ प्रतिशत, होलसेल वा रिटेल व्यापारमा र सवारी मर्मतको क्षेत्रमा १७.५ प्रतिशत मानिसले काम गर्छन्। यी सबै क्षेत्र कोभिड–१९ का कारण जोखिममा छन्।

केन्द्रीय तथ्यांक विभागले नै १७ वैशाखमा प्रकाशन गरेको राष्ट्रिय लेखा तथ्यांकअनुसार, उद्योग, निर्माण, यातायात, होटल तथा रेष्टुरेन्ट र खानी तथा उत्खनन क्षेत्रको आर्थिक वृद्धी ऋणात्मक हुनेछ।

नेपालको कूल गार्हस्थ उत्पादनको मापनमा प्रयोग हुने गरेका १५ क्षेत्रमध्ये माथिका पाँच क्षेत्रको आर्थिक गतिविधि चालू आर्थिक वर्षमा अघिल्लो वर्षको भन्दा कम हुनेछ। यी पाँच क्षेत्रले नेपालको कूल गार्हस्थ उत्पादनमा करीब २१ प्रतिशत हिस्सा ओगट्छन्।

यसरी आर्थिक वृद्धी ऋणात्मक हुँदा यसको सीधा असर दैनिक ज्याला मजदुरी गर्ने कामदारलाई पर्छ। निर्माण, उद्योग, यातायात, खानी तथा उत्खनन, होटल तथा रेष्टुरेन्ट यी सबै क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर धेरै छन्।

कोभिड-१९ ले सबैभन्दा बढी असर परेको क्षेत्र पर्यटन उद्योगमा मात्रै प्रत्यक्ष र अप्रत्यक्ष गरी करीब १३ लाखको हाराहारीमा मानिस आवद्ध रहेको पर्यटन क्षेत्रका विज्ञहरू बताउँछन्।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पाँच लाख मानिसले पर्यटन क्षेत्रबाट प्रत्यक्षरूपमा रोजगारी पाएको, तीन लाख मानिसले मौसमीरूपमा काम गर्ने गरेको र बाँकी पाँच लाख मासिन सप्लाई चेनमा काम गर्नेहरू रहेको बताए।

केन्द्रीय तथ्यांक विभागको प्रक्षेपणअनुसार, होटल तथा रेष्टुरेन्ट क्षेत्रमा सबैभन्दा बढी अर्थात् १६.३० प्रतिशतले आर्थिक वृद्धी ऋणात्मक हुने अवस्था छ। जसका कारण पर्यटन क्षेत्रमा आवद्ध रहेकामध्ये अधिकांशको रोजगारी गुम्ने अवस्थामा छ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले अघिल्लो वर्ष गरेको सर्वेक्षण अनुसार, ४४ प्रतिशतभन्दा धेरै मजदुरलाई श्रम सम्झौता नगरी काममा राखिएको पाइएको थियो। देशको अर्थतन्त्र चौपट हुँदा सबैभन्दा पहिले रोजगारी गुमाउने यिनै श्रमिक हुन्छन्। जसलाई अन्तर्राष्ट्रिय श्रम दिवसले न कुनै उल्लास दिन सकेको छ न कुनै आशा र भरोसा नै। छ त केवल बेरोजगार हुनुको पीडा र रोजगारीको अपेक्षा।

" /> काठमाडौं। आज मई दिवस। मजदूरहरूले आफ्नो हक, अधिकार सुनिश्चितताका लागि संघर्ष अभिव्यक्त गर्ने दिवस। कोभिड-१९ को चपेटामा सिंगो नपरेको भए विश्वभरका मजदुरले आजको दिनलाई पर्वको रूपमा लिँदै आफ्नो अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिन विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेका हुन्थे।

"> देशभित्र र बाहिर बढ्दैछ बेरोजगारीको जोखिम: Dekhapadhi
देशभित्र र बाहिर बढ्दैछ बेरोजगारीको जोखिम

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्