काठमाडौं। दक्षिण एशियाली खेलकुद १३औं संस्करणको कांस्य पदक विजेता एलिना महर्जनले पुरस्कारबाट प्राप्त रकमको आधा हिस्सा कोभिड-१९ महामारी प्रभावितलाई सहयोग गरेकी छिन्।
एलिनाले आज काठमाडौं महानगरपालिका-१७ का २०० विपन्न परिवारलाई खाद्यान्न वितरण गरेकी हुन्। उनले पाँच किलो चामल, एक किलो दाल, एक किलो चिउरा, एक प्याकेट नुन तथा तेलका दरले वितरण गरेकी हुन्।
एलिनाले काठमाडौंमै सम्पन्न १३औं सागमा टेबलटेनिसको महिला टीम इभेन्ट्समा कांस्य पदक जितेकी थिइन्। त्यसबापत् उनले दुई लाख नगद पुरस्कार हात पारेकी थिइन्। त्यस रकमको ५० प्रतिशत एक लाख रूपैयाँ बराबरको खाद्यान्न वितरण गरेको एलिनाले बताइन्।
एलिनाले काठमाडौंमा १७ नम्बर वडामा डेरा गरी बस्ने परिवारलाई खाद्यान्न वितरण गरेको बताइन्। उनले भनिन्, ‘‘वडामा चिनेको हुनुहुन्थ्यो उहाँको सहयोगमा हामीले घरधनीसँग सोधेर अप्ठेरोमा परेका परिवारको सूची तयार पारेका थियौं। त्यही सूचीअनुसर हामीले उहाँहरूलाई खाद्यान्न वितरण गरेका हौं।’’
समस्यामा परेका अन्य परिवारलाई सामाग्री पुर्याउन नसक्दा दुःख लागेको एलिनाले बताइन्।
‘‘हामीले लगेको सामग्री सीमित मात्र थियो। पीडितहरू धेरै हुनुहुन्थ्यो। सूचीमा नपरेकाहरूले पनि आश गरिरहनु भएको थियो। तर, उहाँहरूलाई हामीले पुर्याउन नसक्दा मन भारी भएको छ’’, एलिनाले भनिन्।
" /> काठमाडौं। दक्षिण एशियाली खेलकुद १३औं संस्करणको कांस्य पदक विजेता एलिना महर्जनले पुरस्कारबाट प्राप्त रकमको आधा हिस्सा कोभिड-१९ महामारी प्रभावितलाई सहयोग गरेकी छिन्।एलिनाले आज काठमाडौं महानगरपालिका-१७ का २०० विपन्न परिवारलाई खाद्यान्न वितरण गरेकी हुन्। उनले पाँच किलो चामल, एक किलो दाल, एक किलो चिउरा, एक प्याकेट नुन तथा तेलका दरले वितरण गरेकी हुन्।

">