डेरा बस्ने विद्यार्थीलाई २५०० बराबरको राहत दिने नगरपालिकाको निर्णय

दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिकाले अध्ययनको क्रममा बाहिर डेरा गरी बसेका विद्यार्थीहरूलाई राहत सहयोग गर्ने भएको छ।

काठमाडौ, धनगढी, महेन्द्रनगर लगायतका शहरहरुमा डेरा गरी बस्ने विद्यार्थीहरुलाई नगरपालिकाले दुई हजार ५०० बराबरको राहत उपलब्ध गराउने भएको हो।

एक सूचना जारी गर्दै नगरबाहिर डेरा गरी बस्ने विद्यार्थीलाई राहत दिने जानकारी गराएको छ।

राहत उपलब्ध गराउन सम्बन्धित वडा कार्यालयको सिफारिस, अध्ययनरत् क्याम्पसको परिचयपत्रको प्रतिलिपि, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, आफू नियमित रूपमा अध्ययनरत रहेको स्व:घोषणा र क्याम्पस संचालन भएपछि क्याम्पसबाट सिफारिस पेश गर्नुपर्नेछ।

लकडाउनका कारण अलपत्र परेका डेरामा बस्ने विद्यार्थीलाई उद्धार गर्न नसकिएकोले राहत नै उपलब्ध गराउने निर्णय गरिएको नगर प्रमुख अमरसिंह धामीले बताए।

प्रतिक्रिया दिनुहोस्