थानकोट वृत्तका ६ जना प्रहरीलाई सेल्फ क्वारेन्टाइनमा राखियो
काठमाडौं। महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत् ६ जना प्रहरी कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ।
उनीहरू बारा, सप्तरी, रौतहट र कञ्चनपुरबाट हाजिर हुन आएका वृत्तले जनाएको छ।
चन्द्रागिरी नगरपालिका-४ का सानुकाजी शाहीले क्वारेन्टाइनका लागि निःशुल्क उपलब्ध गराएको भवनमा उनीहरू बसेका छन्।
उनीहरू सबैको थ्रोट स्वाब नमूना संकलन गरी कोभिड-१९ परीक्षण गराएर नियमित ड्युटीमा खटाइने बताइएको छ।
वृत्तले चन्द्रागिरी नगरपालिका क्षेत्रमा बाहिरी जिल्लाबाट आएका व्यक्तिहरुलाई सेल्फ क्वारेन्टाइनमा बसिदिन अनुरोध पनि गरेको छ।
वडा, टोल, छिमेकमा कोही व्यक्ति अन्य जिल्लाबाट आएर बसेको भए तत्काल वडा कार्यालय, प्रहरी कार्यालयमा जानकारी दिन पनि वृत्तको आग्रह छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्