एकजना संक्रमित भेटिएपछि नेपालगञ्जका चार स्थान 'सिल' गरियो

बाँके। बाँकेमा आज एकजना कोरोना सङ्क्रमित भेटिएपछि उच्च सतर्कता अपनाइएको छ।

जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा संयन्त्रको बैठकले नेपालगञ्जको डीएसपी रोड, धम्बोझी, एकलैनी र महेन्द्र पार्क आसपासका क्षेत्र बन्द गरेको छ।

नेपालगञ्जका यी क्षेत्र साँघुरा र घनाबस्तीयुक्त हुन्।

आज संक्रमित बाँके नेपालगञ्जका ६० वर्षीय पुरूष भारतको सीमा क्षेत्र बहराइचबाट करीब एक महिनाअघि नेपाल फर्किएका थिए।

उनलाई क्वारेन्टाइनमा राखिएको थियो ।

महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट झन्डै ६०० जना भागेका थिए । यी संङ्क्रमित पनि भाग्नेमध्ये भएको प्रहरी स्रोतले बताएको छ।

उनका श्रीमती र छोरा तथा सम्पर्कमा आएका व्यक्तिहरूको पनि कोभिड-१९ परीक्षण गर्न लागिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए। रासस

प्रतिक्रिया दिनुहोस्