कैलाली। धनगढीबाट करीब ४० किलोमिटर दूरीमा पर्ने भारतीय बजार पलियामा रोकिएका १५० जना नेपाली घर फर्कने दिनकाे पर्खाइमा छन्।
लकडाउनको अवधिमा भारतबाट फर्केर गौरिफन्टा नाकामा पुगेका उनीहरूलाई फिर्ता लगेर पलियास्थित क्वारेन्टाइनमा राखिएको हो।
सरकारले लकडाउन गर्दै नाका सिल गरेपछि भारतमा रोजगारी गर्न गएकाहरू घर फर्कने क्रममा नाकामा पुगेका थिए। कैलालीसँग सीमा जोडिएका गौरीफन्टालगायत सीमानाका पुगेका नेपालीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पलियाको वैदिक इन्टरकलेजमा क्वारेन्टाइनमा राखेको हो।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कैलालीका सीमानाकाहरूबाट ११ चैतयता कसैलाई पनि आउन नदिइएको कारण उनीहरूसमेत आउन नपाएको बताए। उनले पलियामा रहेका नेपालीलाई स्वदेश ल्याउन संघीय सरकारको निर्देशन कुरिरहेको बताए।
संघीय सरकारको निर्देशन नआएसम्म सीमानजिकै भारतीय क्षेत्रमा रोकिएका नेपालीलाई स्वदेश फर्काउन नसकिने स्थानीय प्रशासनले जनाउँदै आएको छ।
पलियामा क्वारेन्टाइनमा बसेका कसैको पनि कोरोना संक्रमणबारे जाँच नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। खानपान, बसोबासलगायत उनीहरूको अवस्था बुझ्ने कार्य नियमित भइरहेको प्रमुख जिल्ला अधिकारी बोहराले बताए।
लकडाउनको अवधिमा सीमानाका र नाकानजिक पुगेका नेपालीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)को समन्वयमा उतैको क्वारेन्टाइनमा पठाइएको सशस्त्र प्रहरी बल ३४ नम्बर गण कैलालीका प्रमुख गणपति प्रहरी उपरीक्षक कमलप्रसाद तिउसिनाले बताए ।
उनले नेपालीहरूलाई खानपान र बसोबासमा कुनै कमी हुन नदिन भारतीय समकक्षीलाई आग्रह गरिएको बताए।
कैलालीमा भारतसँग जोडिएको १०१ किलोमिटर नाका सशस्त्र प्रहरीले सिल गरेर आवतजावत पूर्ण रूपमा बन्द गरेको छ।
" /> कैलाली। धनगढीबाट करीब ४० किलोमिटर दूरीमा पर्ने भारतीय बजार पलियामा रोकिएका १५० जना नेपाली घर फर्कने दिनकाे पर्खाइमा छन्।लकडाउनको अवधिमा भारतबाट फर्केर गौरिफन्टा नाकामा पुगेका उनीहरूलाई फिर्ता लगेर पलियास्थित क्वारेन्टाइनमा राखिएको हो।

">