तीन सातापछि सार्वजनिक भए किम जोङ-उन
सोल। गम्भीर स्वास्थ्य अवस्थाबारे तीन साता लामो अफवाहपछि उत्तर कोरियाली नेता किम जोङ-उन हिजो एक फ्याक्ट्रीले निरीक्षण गर्दै सार्वजनिक जीवनमा फर्किएका छन्।

मुटुको शल्यक्रियापछि सार्वजनिक जीवनबाट टाढिएका उनको स्वास्थ्य गम्भीर रहेको अडकलबाजीहरू सार्वजनिक भएका थिए।

तर, हिजो सुन्चोन शहरस्थित एक उद्योगद्वारा आयोजित समारोहमा उनी देखिए। र, आफू स्वस्थ रहेको देखाए। सरकारी समाचार एजेन्सीमार्फत उनी उक्त समारोहमा उपस्थित भएका तस्वीर सार्वजनिक गरिएको हो।

३६ वर्षीय नेता किम यसअघि ११ अप्रिलमा मात्र सार्वजनिक रूपमा देखिएका थिए। त्यसयता आफ्ना हजुरबुवा किम इल सुङको जन्म जयन्ती समारोहमा समेत उनी अनुपस्थित रहेका थिए।

उनी मुटुको गम्भीर समस्यामा रहेको या कोरोना भाइरसको संक्रमणमा परेर क्वारेन्टाइनमा बसेकोलगायत अनुमान सार्वजनिक हुँदै आएका थिए। चीनले उनलाई बचाउन चिकित्सकहरू पठाएको अनुमान पनि विदेशी सञ्चारमाध्यमहरूले गरेका थिए।

हिजो उनी हँसमुख र तन्दुरुस्त अवस्थामा देखिएका छन्। रिबन काटिरहेका र मल उत्पादन गर्ने फ्याक्ट्रीको निरीक्षणका क्रममा अधिकारीहरूसँग हँसिलो अनुहारमा कुराकानी गरिरहेको अवस्थामा देखिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्