स्विडेनमा खुल्दैछ सेल्फ आइसोलेसन रेस्टुराँ
‘टेबल फर वान’ नाम दिएर पप-अप रेस्टुराँ खुलन लागेको हो। यस रेस्टुराँमा एक दिनमा एक ग्राहकले मात्र सेवा पाउने छन्।
रेसमस पर्सन र लिन्डा कार्लसन दम्पती यस फरक अवधारणाका हिमायती हुन्। उनीहरूले रेस्टुराँ खोल्न लागेको स्थान स्टकहोमबाट करिब तीन सय ५० किलोमिटर टाढा पर्छ।
रेस्टुराँमा एउटा मात्र टेबल र कुर्सी हुने छन्। रेस्टुराँ रसिलो घाँसे मैदानमा खुल्दैछ।
संसारभर कोभिड-१९ को महामारी फैलिइरहँदा सेल्फ आइसोलेसनको लहर नै चलेको छ। यही लहरलाई पछ्याउन खोजेका हुन्, रेसमस र लिन्डाले।
ग्राहकले दिनभर अर्को व्यक्तिसँग भेट्न र कुराकानी गर्न पाउने छैनन्। र, ‘सेल्फ आइसोलेसन’को आनन्द उठाउन पाउने छन्।
रेस्टुराँमा दायाँ-बायाँ वेटर र या रेस्टुराँका स्टाफ हुने छैनन्। न त अर्को टेबलमा अन्य पाहुना नै हुनेछन्।
आफूहरूले पैसा कमाउने उद्देश्यले यस नयाँ अवधारणामा काम नगरेको रेसमस र लिन्डा बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्