सीएएमसीका अनुसार त्यस्तो असामान्य प्वाल असामान्य मौसमको परिणाम थियो। जब तीव्र गतिको हावा हिमाच्छादित चुचुराहरू माथि जमेर बस्ने हावासँग ठोक्किन पुग्छ अनि वायु मण्डलमा प्वाल देखिन थाल्छ। यसलाई वैज्ञानिक भाषामा ‘पोलर भोर्टेक्स’ भनिन्छ।
मौसममा प्रतिकुलता फेरि पनि देखियो भने अहिले बन्द भएको वायु मण्डलको प्वाल फेरि देखापर्ने सक्ने वैज्ञानिकहरू बताउँछन्।
वैज्ञानिकहरूका अनुसार उत्तरी ध्रुवको वायु मण्डलमा प्वाल दुर्लभ घटना हो। अन्टार्कटिकामा भने यस्तो प्वाल ३५ वर्षयता वर्षेनि देखिँदै आएको छ। अन्टार्कटिकामा देखिने प्वाल उत्तरी ध्रुवमा जस्तो बन्द भएको पाइँदैन।
सन् १९९६ मा क्लोरोफोरोकार्बनको प्रयोगमा प्रतिबन्ध लागेयता वायु मण्डलमा उल्लेख्य सुधार देखिएको थियो। अन्टार्कटिकामै पनि वायु मण्डलमा देखिने गरेको प्वाल सन् २००० यता तीन प्रतिशतसम्म घट्दै गएको वर्ल्ड मेटेरोलजिकल्स अर्गानाइजेसनले बताएको छ। सुधारको गति तीव्र बनेका सन् २०५० सम्ममा अन्टार्कटिकाको वायु मण्डलमा रहेको प्वाल बन्द हुने अर्गानाइजेसनको भनाइ छ।

कसरी बन्यो उत्तरी ध्रुवको वायु मण्डलमा प्वाल ?: Dekhapadhi
कसरी बन्यो उत्तरी ध्रुवको वायु मण्डलमा प्वाल ?

लन्डन। युरोपेली कोपर्निकस एटमस्फियर मनिटरिङ सर्भिस (सीएएमसी)ले गत मार्च अन्तिममा पृथ्वीको उत्तरी ध्रुवको वायु मण्डलमा एक ठूलो खाली ठाउँ देखिएको सार्वजनिक गर्‍यो। हालसम्म त्यति ठूलो प्वाल वायु मण्डलमा नदेखिएको सीएएमसीको भनाइ थियो।

बीबीसीका अनुसार विस्तारै त्यो निकै ठूलो प्वाल बन्यो, जसको आकार ग्रिनल्यान्ड जत्रै थियो। २३ अप्रिलमा सीएएमसीले ट्विटमार्फत अर्को जानकारी सार्वजनिक गर्‍यो, त्यो प्वाल बन्द भयो।

जमिनबाट १० देखि ४० किलोमिटरको उचाइमा रहने ओजोन तहले पृथ्वीलाई अल्ट्रा भायलेट विकिरणबाट बचाउँछ। त्यही तहमा प्वाल पर्दा त्यस्ता हानीकारक विकिरण सीधै पृथ्वीमा आइपुग्छन्।

यदि ओजोन तहमा प्वाल पर्‍यो र विकिरणहरू सीधै जमिनमा आउन थाले भने हिउँ पग्लिने गति पनि तीव्र बन्‍न पुग्छ। जीवजन्तुको रोग प्रतिरोधक क्षमतामा ह्रास आउँछ। अनि मानिसलाई छालाको क्यान्सर, रतन्धोजस्ता रोग लाग्‍न थाल्छन्।

उत्तरी ध्रुवको वायु मण्डलमा स-साना प्वाल यसअघि पनि देखिएको सीएएमसीको भनाइ छ। तर, त्यति ठूलो प्वाल पहिलोपटक देखिएको हो।