धनगढी जेसिजको स्थापना दिवसमा रक्तदान
<p>कैलाली । धनगढी जेसिजले आफ्नो ३८ औं स्थापना दिवस रक्तदान गरेर मनाएको छ ।</p>
<p>कोरोना भाइरस संक्रमणका कारण बिरामीका लागि रगत अभाव नहोस भन्नका लागि स्थापना दिवसमा रक्तदान कार्यक्रम गरिएको धनगढी जेसिजका अध्यक्ष श्याम पाठकले बताए ।</p>
<p>उनले कोरोना महामारीका कारण सरकारले गरेको लकडाउनमा मानिसको चहलपहल कम हुने र नियमित भइरहेको स्वेच्छिक रक्तदान समेत नभइरहेको अवस्थामा रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । </p>
<p>कार्यक्रममा २६ जनाले रक्तदान गरेको संयोजक मनिष कुँवरले जानकारी दिए ।</p>
प्रतिक्रिया दिनुहोस्