काठमाडौं। लकडाउनका कारण समस्यामा परेका नागरिकलाई समाज उत्थान महिला मञ्चले राहत वितरण गरेको छ।
लकडाउनका कारण समस्यामा परेका असंगठित क्षेत्रका मजदुर, अपाङ्गता भएका व्यक्ति र सुत्केरी महिलाहरूलाई राहत वितरण गरिएको हो।
पहिलो चरणमा ३०० जनालाई राहत वितरण गरिएको संस्थाका अध्यक्ष निर्मला श्रेष्ठले बताइन्। प्रतिव्यक्ति १० किलो चालम, २ लिटर तेल, १ किलो नुन र २ वटा हातधुने साबुन हस्तान्तरण गरिएको उनले बताइन्। राहतका लागि ४०० जनाले नाम लेखाएका थिए।
काठमाडौं महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष खेमराज तिवारीले वडासँगको सहकार्यमा महिला मञ्चले राहत वितरण गरेको बताए। लकडाउनको प्रकृया लामो भएमा पुनः राहतका प्याकेज घोषणा गरी वितरण गर्ने उनले बताए।
नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले संगठित क्षेत्रका मजदुरलाई सम्बन्धित संघसंस्थाहरूले राहत विरतण गरेपनि असंगठित क्षेत्रका मजदुर समस्यामा परेको बताए।
महिला मञ्चले नयाँ बसपार्क क्षेत्रमा राहत वितरण गरेको हो। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि दैनिक ज्यालादारी गर्ने मजदुर र अन्य असंगठित क्षेत्रमा काम गर्ने व्यक्ति प्रभावित भएका छन्।
" /> काठमाडौं। लकडाउनका कारण समस्यामा परेका नागरिकलाई समाज उत्थान महिला मञ्चले राहत वितरण गरेको छ।लकडाउनका कारण समस्यामा परेका असंगठित क्षेत्रका मजदुर, अपाङ्गता भएका व्यक्ति र सुत्केरी महिलाहरूलाई राहत वितरण गरिएको हो।

">