काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक डेढ घण्टा पछि सरेको छ।
यसअघि बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको थियो।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार सचिवालय बैठक आज बेलुका साढे ५ बजे बस्ने तय भएको छ।
आजको बैठक ‘निर्णायक’ हुने नेकपाका नेताहरू बताउँछन्।
बैठकअघि पनि नेताहरूले आन्तरिक छलफल र भेटवार्तालाई तीव्रता दिइरहेका छन्।
सरकारले दुईवटा अध्यादेश ल्याएपछि चर्किएको विवाद समाधान गर्न नेताहरू केहीदिनदेखि छुट्टाछुट्टै छलफलमा केन्द्रित छन्।
१७ वैशाख साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विवादका विषयमा छलफल गरे पनि थप छलफल गर्न आज बैठक पुनः बस्ने सहमति भएको थियो।
हिजो नै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए।
दाहाल र नेपालबीच समेत हिजै नेपाल निवास कोटेश्वरमा पनि छलफल भएको थियो।
१७ वैशाखको बैठकमा दाहाल-नेपाल समूहले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा गर्न अघि सारेको सर्तका बारेमा हिजोको छलफल कुराकानी भएको छ।
नेताहरूले आफ्नो पक्षमा बहुमत बनाउन हस्ताक्षर अभियान गर्नेदेखि अन्य नेताहरूलाई मनाउने प्रयास गरिरहेका छन्।
प्रधानमन्त्रीबाट राजीनामा दिन दबाब तीव्र बनेपछि १७ वैशाखको बैठकमा राजीनामा दिनु नै पर्ने भएपछि नेता बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन अध्यक्ष ओलीले अघि सारेको प्रस्तावले पनि नेकपाभित्र हलचल ल्याएको छ।
" /> काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक डेढ घण्टा पछि सरेको छ।यसअघि बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको थियो।

">