काठमाडौं। चितवनको रत्ननगर नगरपालिकाले बाँझो जमिनमा सामूहिक खेती गर्ने अभियान शुरू गरिएको छ।
नगरापालिकाभित्र बाँझो रहेका प्लटिङ तथा अन्य सार्वजनिक जग्गामा खेती शुरू गरिएको छ।
ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका विपन्न समुदायलाई उत्पादनशील क्षेत्रमा अग्रसर बनाउने उद्देश्यले बाँझो जमिनमा सामूहिक खेती शुरू गरिएको नगरपालिकाका मेयर नारायण वनले बताए।
उनका अनुसार रत्ननगर नगरपालिका वडा नम्बर १४ पिठुवामा रहेको करीब ३० विगाह बाँझो जमिनमा खेती गर्न शुरू गरिएको छ।
नगरपालिकाले विपन्न वर्गका ३०० परिवारलाई ५० समूह बनाई सामूहिक खेतीको शुरूवात गरेको हो। सामूहिक खेतीमा प्रोत्साहन गर्न नगरपालिकाले जमिन जोत्न तेल खर्चसँगै मकै र बोडीको बिउ उपलब्ध गराएको छ। यस्तै बाँझो जग्गा राख्नेलाई जरिवाना समेत गर्दै आएको छ।
विपन्न समूहलाई काम नभएर सरकारले राहत दिनुपर्ने तर, जमिन बाँझो रहने स्थिति रहेकाले नगरभित्र रहेको सबै जमिनमा खेती गर्ने अभियान सञ्चालन गरिएको मेयर वनले बताए।
कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि लकडाउन गरिएपछि समस्यामा परेका विपन्न वर्गका लागि नगरपालिकाले ८२ लाख रूपैयाँ बराबरको राहत वितरण गरेको थियो।
काम नभएर राहत वितरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि नगरपालिकाले निःशुल्क जमिन र बिउबिजन उपलब्ध गराएको हो।
" /> काठमाडौं। चितवनको रत्ननगर नगरपालिकाले बाँझो जमिनमा सामूहिक खेती गर्ने अभियान शुरू गरिएको छ।नगरापालिकाभित्र बाँझो रहेका प्लटिङ तथा अन्य सार्वजनिक जग्गामा खेती शुरू गरिएको छ।

">