काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं–१३ सोल्टीमोडका केही समाजसेवीले लकडाउनका कारण भाेकै पर्नेहरूलाई निःशुल्क खानाको व्यवस्था गरेका छन्।
दैनिक आयस्रोत कम भइ जीविकोपार्जनमा समस्यामा परेका नागरिकलाई स्पार्क हेल्थ होम हस्पिटल परिसरमा आजदेखि लकडाउनको बाँकी अवधिभर खानाको व्यवस्था गरिएको छ।
समाजसेवी देशकुमार श्रेष्ठ, किरणकृष्ण जोशी, रुपेश अधिकारी, इन्द्रबहादुर मानन्धर र रमण शाक्यले उक्त भोजनको प्रबन्ध गरेका हुन्।
सामाजिक दूरी कायम कायम गरी व्यवस्थापन भएको पूर्ववडाध्यक्ष रामशरण डङ्गोलले बताए।
काठमाडौं महानगरपालिका–१३ ले तीन हजार १०० लाई अहिलेसम्म राहत वितरण गरेको छ।
वडाले गत २२ चैतदेखि राहत वितरण शुरू गरेकामा आजसम्म सातपटक खाद्यवस्तु प्रदान गरेको हो। वडा कार्यालयले चामल, चिउरा, दाल, नुन र तेल वितरण गरेको छ।
सम्बन्धित घरधनीको घर नम्बर, नागरिकता नम्बर, सम्पर्क नम्बर, सिफारिसका साथै राहत लिनेको नागरिकता नम्बर अभिलेख गरेर राहत दिने मापदण्ड बनाइएको छ। रासस
" /> काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं–१३ सोल्टीमोडका केही समाजसेवीले लकडाउनका कारण भाेकै पर्नेहरूलाई निःशुल्क खानाको व्यवस्था गरेका छन्।दैनिक आयस्रोत कम भइ जीविकोपार्जनमा समस्यामा परेका नागरिकलाई स्पार्क हेल्थ होम हस्पिटल परिसरमा आजदेखि लकडाउनको बाँकी अवधिभर खानाको व्यवस्था गरिएको छ।

">