कास्की। पाेखरामा एकजना मान्छे लडेका थिए। उनकाे मुखबाट रगत आइरहेको थियो तर, उठाउन काेही गएनन्। पछि प्रहरी आएर उठायाे।

“भाैतिक दूरी कायम गरेर काम गर्न प्रहरीलाई निकै गाह्रो छ, आफन्तहरू बरू लडेको मान्छे उठाउन जाँदैनन् तर प्रहरी आएर उद्धार गरोस् भन्छन् ”, कास्की, पोखराका प्रहरी हवलदार गौतम श्रेष्ठ भन्छन्।

भीडभाडबाट जोगिन र आफूलाई सुरक्षित राख्न निकै मुस्किल हुने गरेकाे उनी बताउँछन्। भन्छन्, “प्रहरीको कर्तव्यले आफ्नो सुरक्षालाई नै बिर्साउँछ।” अग्रमोर्चामा रहेर सेवा प्रवाह गर्ने प्रहरी भीडभाडबाट जोगिन भनेजस्तो सहज नभएको उनकाे अनुभव छ।

शान्तिसुरक्षा र अमनचयनलगायत बहुआयामिक जिम्मेवारी सुम्पेकाले कठिन अवस्था भन्न नमिल्ने उनी बताउँछन्।

“हाम्रो जिम्मेवारी नै कठिन छ, विभिन्न घटनाक्रमको अग्रमोर्चामा प्रहरी रहनुपर्छ, अहिलेको अवस्था केही फरक हो तर प्रहरीका लागि नौलो भने होइन। हामी तनावमुक्त कहिल्यै हुँदैनौँ, नागरिकको अपेक्षा प्रहरीप्रति निकै धेरै हुन्छ”, उनी भन्छन्, “कसैले नसकेका सबै कुराको जिम्मा हामी माथि आउँछ, बाटोमा लत्रिएका बिजुलीका तार होस् या वनमा तस्करले छोडेका काठ होस्, अन्ततः प्रहरीलाई नागरिकले प्रश्न गर्छन्, प्रहरी कता छ ? अहिलेको विषम् परिस्थितिमा पनि प्रहरी आफू र आफ्नो परिवार बिर्सेर कर्तव्य पालनमा लागेको छ। ”

प्रहरी सेवाको २१ वर्षे दौडानमा विभिन्न द्वन्द्वलगायत राजनीतिक परिवर्तनदेखि मिसनमा रहेर काम गरेकाले उनी अहिलेको घटनाक्रम फरक भए पनि जोखिम भने सधैँ उस्तै रहेको अनुभव सुनाउँछन्।

बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्ट ‘क्राइसिस’मा परिवार बिर्सेर प्रहरीले सेवालाई प्राथमिकतामा राखेको बताउँछन्।

“हाम्रो पेशाले दिनरात, घामपानी केही भन्दैन, जहाँ अप्ठ्यारो र असहज हुन्छ हाम्रो उपस्थिति नागरिकले त्यहीँ खोजेका हुन्छन्। अहिले पनि कोरोना संक्रमणमा हामी लकडाउन पालना गराउनेदेखि शान्तिसुरक्षा कायम गर्न र अपराधजन्य क्रियाकलापमा रोक्न अभ्यस्त छौँ”, उनी भन्छन्, “कार्यक्षेत्रमा नै गएर काम गर्नुपर्ने मानिससँग दूरी कायम गर्न कतिपय अवस्थामा सहज हुँदैन, त्यसले गर्दा पनि अहिलेको अवस्था झन् जोखिम छ।”

हाल बागलुङमा ३००  प्रहरी रहेको र कार्यक्षेत्रको अग्रमोर्चामा खटिरहने प्रहरीलाई पीपीई उपलब्ध गराइएको उनले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्याम अर्याल कठिन अवस्था भए पनि जोखिम न्यूनीकरणको उपाय अवलम्बन गरेर जिम्मेवारी पूरा गरिरहेको बताउँछन्। “यो बेला धेरै कुराको दबाब हुन्छ, नागरिकदेखि राज्यसम्म। विभिन्न वर्ग समुदायका मानिसहरूका आ-आफ्नै समस्या हुन्छन्, ती सबैलाई बुझेर जिम्मेवारी पूरा गर्न निकै कठिन हुन्छ”, उनी भन्छन्, “अहिले प्रहरी आफू कसरी जोगिनेभन्दा पनि कसरी लकडाउन पालना  गराउने, भीडभाड कम गराउने र कोरोना संक्रमण हुन नदिनेमा केन्द्रित छ।”

नियम उल्लंघन गर्नेलाई कानूनी दायरामा ल्याउन समात्नुपर्ने हुँदा  प्रहरीमा संक्रमणको जोखिम हुने बताए।

“को संक्रमित छ थाहा हुँदैन, यदि अपराधमा संलग्न छ या नियम उल्लंघन गरेको छ भने उसलाई नियन्त्रणमा लिनै पर्छ, मौखिक निर्देशन नमान्न सक्ने अवस्था पनि हुन्छ, यस्ता धेरै अवस्थामा प्रहरी जुधेको हुन्छ”, उनी भन्छन्।  उनले बाहिर सोचे जस्तो प्रहरीलाई कार्यक्षेत्रमा रहेर कर्तव्य पूरा गर्न निकै गाह्रो हुने बताउँछन्। रासस

" /> कास्की। पाेखरामा एकजना मान्छे लडेका थिए। उनकाे मुखबाट रगत आइरहेको थियो तर, उठाउन काेही गएनन्। पछि प्रहरी आएर उठायाे।

"> जाेखिममा छन् काेभिड-१९ विरूद्धकाे लडाइँमा खटिएका सुरक्षाकर्मी: Dekhapadhi
जाेखिममा छन् काेभिड-१९ विरूद्धकाे लडाइँमा खटिएका सुरक्षाकर्मी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्