काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको शक्ति संघर्षलाई निकास दिने भनिएको बहुप्रचारित केन्द्रीय सचिवालय बैठक अहिले बालुवाटारस्थित् प्रधानमन्त्री निवासमा बसिरहेको छ।
१७ वैशाखमा बसेको सचिवालय बैठक कुनै निर्णयबेगर आज बस्नेगरी टुंगिएको थियो। १७ वैशाखको बैठक बस्दा प्रधानमन्त्री ओली तीब्र दबाबमा थिए। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ प्रष्टरूपमा ओलीको विपक्षमा उभिएका थिए।
सोही बैठकमा प्रधानमन्त्री ओलीलाई सरकार र पार्टी प्रमुख दुवै पदबाट राजीनामा गर्नसमेत माग उठेको थियो। तर, प्रधानमन्त्री ओलीले त्यसदिनको बैठकमा आफूले सरकार छाड्ने हो भने उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव अघि सारिदिए। यो यस्तो प्रस्ताव थियो जो नेकपाभित्रको शक्ति संघर्षलाई अर्कोतिर लैजाने टर्निंग प्वाइन्ट बनिदियो।
खासमा नेकपामा दाहाल-नेपालबीचको गठबन्धन गौतमकै निवासमा बनेको थियो, जुन भैंसेपाटी गठबन्धनका नामले समेत चर्चित छ।
आफ्नै निवासमा भेला गरेर दाहाल-नेपाल गठबन्धमा भूमिका खेलेका गौतम ओलीको यो प्रस्तावले तरंगित बने। यसबीच प्रधानमन्त्री ओलीसँग उनको छुट्टै भेटघाट पनि बाक्लियो। अलग-अलग भेट त ओलीले यसबीचमा दाहाल, नेपाल र अरु नेताहरूसँग पनि गरिरहे, तर गौतमसँगको भेट धेरै हिसाबले अर्थपूर्ण बन्न गयो।
“अन्ततः गौतम नै पक्षमा उभिएपछि प्रधानमन्त्री ओली ठूलो अप्ठेरोबाट सहज ठाउँमा आइपुग्नुभएको छ”, नेकपाका एक स्थायी समिति सदस्यले भने, “सचिवालयमा पनि उहाँ बहुमतमा देखिनु भएको छ। यो सबै बामदेवजीकै भूमिकाको नतिजा हो।”
अब ओलीका पक्षमा उपाध्यक्ष गौतम, सचिवालय सदस्यहरू ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापासमेत उभिन पुगेको स्थायी समितिका ती सदस्यले बताए।
उनको भनाइमा परिस्थितिमा अर्को नाटकीय फेरबदल भएन भने दाहाल-नेपाल गठबन्धन नेकपाको सचिवालयमा अल्पमतमा परेको छ। यसको सबभन्दा ठूलो दबाब दाहालमाथि पर्ने देखिन्छ।
तर, ओलीले दाहालमाथि तत्कालै त्यस्तो दबाब महशुस हुन नदिने ती सदस्यले बताए। सम्भवतः त्यसकै कारण हुनसक्छ, आजको सचिवालय बैठकमा उनले दाहाललाई आफूसमानकै आसनमा बस्ने व्यवस्था मिलाए। अनि दुवैजना बस्ने कुर्सी पनि एकै खालका राख्न लगाए।
“पार्टीभित्रको समीकरणको तस्वीर लगभग क्लियर भइसक्यो, त्यसकारण सचिवालय बैठकले आजै हतारमा कुनै ठोस निर्णय गर्दैन होला”, ती सदस्यले भने।
एकतापछिदेखि नै अपमानित हुनु परेको बताउने अध्यक्ष दाहाल यो घटनापछि थप दबाबमा छन्। कुनैबेला आफूले प्रयोग गरेको ‘बामदेव कार्ड’ पहिलो वरीयताका अध्यक्ष ओलीले आफ्नैविरुद्ध प्रयोग गरेपछि दाहाल दबाबमा परेको नेकता नेताहरू बताउँछन्।
" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको शक्ति संघर्षलाई निकास दिने भनिएको बहुप्रचारित केन्द्रीय सचिवालय बैठक अहिले बालुवाटारस्थित् प्रधानमन्त्री निवासमा बसिरहेको छ।१७ वैशाखमा बसेको सचिवालय बैठक कुनै निर्णयबेगर आज बस्नेगरी टुंगिएको थियो। १७ वैशाखको बैठक बस्दा प्रधानमन्त्री ओली तीब्र दबाबमा थिए। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ प्रष्टरूपमा ओलीको विपक्षमा उभिएका थिए।

">