अफगानिस्तानको मस्जिदमा भएको विस्फोटमा ६२ जनाको मृत्यु

अफगानिस्तानको एक मस्जिदमा हिजो नमाज पढिरहेका बेला भएको बम विस्फोटमा कम्तीमा ६२ जनाको मृत्यु भएको छ।

देशको पूर्वमा पर्ने नन्गाहरमा मस्जिदको छत नै खस्नेगरी भएको विस्फोटमा कैयौँ घाइते भएको बीबीसीले जनाएको छ। बम विस्फोट कसले गरेको भन्ने खुलेको छैन।

तर, उक्त क्षेत्रमा तालिबान र इस्लामिक स्टेट दुवै समूह सक्रिय छन्। दुवैले अहिलेसम्म विस्फोटको जिम्मेवारी लिएका छैनन्।

संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा हिंसाको स्तर अस्वीकार्य भएको जनाएको भोलिपल्ट यो विस्फोट भएको हो।

राष्ट्रसंघका अनुसार जुलाई र सेप्टेम्बरको बीचमा अफगानिस्तानमा ज्यान गुमाउने गैरसैनिकको संख्या एक हजार १७४ जना थियो।

प्रतिक्रिया दिनुहोस्