कोभिड-१९ बाट बंगलादेशमा १७५ जनाको मृत्यु, ८७९० संक्रमित
<p style="text-align:justify">काठमाडौं। बंगलादेशमा कोभिड-१९ संक्रमितको संख्या हिजो, २० वैशाखसम्म झण्डै नौ हजार पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।</p>
<p style="text-align:justify">हिजो मात्र ५५२ जना बिरामी थपिएसँगै कूल संक्रमित आठ हजार ७९० पुगेको मन्त्रालयका उच्च अधिकारी प्राध्यापक नाजिमा सुल्तानाले बताए।</p>
<p style="text-align:justify">हिजो थप पाँचजना संक्रमितको मृत्यु भएको छ। कोभिड-१९ का कारण बंगलादेशमा मृत्यु हुनेको संख्या १७५ जना पुगेको छ।</p>
<p style="text-align:justify">त्यहाँ १७७ जना उपचारपछि निको भएर घर फर्किएका छन्। <em>रासस</em></p>