काठमाडौं। कोभिड-१९ महामारीका कारण निम्न आय भएका आम मानिसको दैनिक जीवन संकटमा परेको छ। दैनिक आम्दानीका स्रोत बन्द भएपछि उनीहरू बेखर्ची बनेका छन्।
अन्तर्राष्ट्रिय श्रम संगठनले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वभर कोभिड-१९ का कारण अनौपचारिक क्षेत्रमा कार्यरत एक अर्ब ६० करोड मानिसले रोजगारी गुमाएका छन्।
नेपालमै पनि दैनिक रोजगारीको बाटो बन्द भएपछि आप्रवासी कामदारले पैदलै पैदल घरसम्मको सयौं किलोमिटर यात्रा गरे।
त्यसरी घर गइरहेकाहरूलाई विभिन्न मानिस र संस्थाले सहयोग गरिरहेका छन्। तीमध्ये खेलाडीहरू पनि छन्। त्यसो त विकसित देशमा जस्तो नेपालका खेलाडीको जीवनस्तर आफैमा समृद्ध छैन।
कतिपय अवस्थामा उनीहरू नै बेखर्ची हुन्छन्। तर पनि संकटको अवस्थामा विभिन्न खेलाडीले जतिसक्दो सहयोग गरिरहेका छन्। तीमध्ये एक हुन्, मन्डेकाजी श्रेष्ठ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेतर्फ दुई स्वर्ण पदक जितेका मन्डेकाजीले लकडाउनका कारण समस्यामा परेकालाई खाना खुवाउने तथा अन्य आवश्यक सामग्री सहयोग गरेका छन्। पैदलै पैदल घर गइरहेका कामदारलाई उनले खाजा/खाना र जुत्ता, चप्पलको व्यवस्था गरिदिएँ।
“सामाजिक दूरी कायम राख्ने भनिएकाले घर भित्रै बसेको थिएँ। तर मेरै घर वरिपरीका दृश्य तथा संचारमाध्यममा आएका तस्वीरले मलाई छोयो। साथीहरूसँग सल्लाह गरेँ त्यसपछि हामीले सहयोग गर्न थाल्यौं,” मन्डेकाजीले भने, “उपत्यकामा खान लाउन धौ–धौ भएपछि चार पाँच दिनको पैदल यात्रामा घर जान निस्केकाहरू थिए। उनीहरूलाई खानेकुरा सहयोग गर्यौं। कतिपय खाली खुट्टा हिड्नेहरू पनि हामीले देखेका थियौं उहाँलाई जुत्ता चप्पलको व्यवस्था गर्यौं।”
लकडाउनको शुरूआती दिनमा घरभित्रै बसेका मन्डेकाजी पछिल्लो समय साथीभाई तथा स्थानीय संस्थाहरूसँग मिलेर सहयोग गरिरहेका छन्। जोन्ता क्लब तथा रोटरी क्लब काठमाडौं मिडटाउन लगायतका अन्य संस्थाले मण्डेकाजीलाई साथ दिएका छन्।
सागमा स्वर्ण पदक जितेको रकम राखेपले लकडाउनकै बीच खेलाडीको खातामा जम्मा गरिदिएको थियो। त्यसले पनि मन्डेकाजीलाई हौसला प्रदान गर्यो। शुरूका दिनमा मन्डेकाजीले व्यक्तिगत खर्च गरे पनि पछिल्लो समय उनलाई सघाउने संस्थाहरू थपिएका छन्।
“कतिपय अवस्थामा मैले व्यक्तिगत रूपमा पनि सहयोग गरेको छु। ८०/९० हजार मेरो व्यक्तिगत खर्च भएको होला तर अहिले अन्य संघसस्थाहरू जोडिनुभएको छ,” मन्डेकाजीले भने, ‘‘बाटोमा हिड्नेहरू मात्र नभई हामीले घर जान नसकेर यहीँ बस्नेहरूलाई पनि खाजाको व्यवस्था गरेका छौं। विभिन्न वृद्धाश्रममा पनि सहयोग गरिरहेका छौं।”
१३औं सागमा कांस्य पदक जितेर दुई लाख रूपैयाँ पुरस्कार हात पारेकी एलिना महर्जनले पनि लकडाउनको मारमा परेका विपन्न परिवारलाई एक लाख रूपैयाँ बराबरको खाद्यान्न सहयोग गरेकी छन्।
उनले पुरस्कारबाट प्राप्त रकमको आधा हिस्सा कोभिड १९ महामारी प्रभावितलाई सहयोग गरेकी हुन्।
एलिनाले १९ वैशाखमा काठमाडौं महानगरपालिका-१७ का २०० विपन्न परिवारलाई प्रत्येक परिवारले पाँच किलो चामल, एक किलो दाल, एक किलो चिउरा, एक प्याकेट नुन तथा तेल पाउनेगरी वितरण गरेकी थिइन्।
‘‘वडा कार्यालयमा चिनेको हुनुहुन्थ्यो उहाँको सहयोगमा हामीले घरधनीसँग सोधेर अप्ठेरोमा परेका परिवारको सूची तयार पारेका थियौं। त्यही सूचीअनुसर हामीले उहाँहरूलाई खाद्यान्न वितरण गरेका हौं’’, उनले भनिन्, ‘‘हामीले लगेको सामग्री सीमित मात्र थियो। पीडितहरू धेरै हुनुहुन्थ्यो। सूचीमा नपरेकाहरूले पनि आश गरिरहनु भएको थियो। तर, उहाँहरूलाई हामीले पुर्याउन नसक्दा मन भारी भएको छ।’’
सरकारले लकडाउनको घोषणा गरेर कोरोनाभाइरस जोखिम न्युनिकरणका लागि स्थापना गरेको कोषमा क्रिकेट खेलाडी सन्दीप लामिछानेले एक लाख रकम सहयोग गरेका थिए। उनले सामाजिक दुरी कायम राख्नुपर्ने अवस्थामा पनि हेरचाह र सहयोगको खाँचो परेकाहरूलाई विर्सन नहुने बताए।
१३औं सागमै पदक विजेता किरण साउदले पनि पुरस्कारबापत पाएको रकमबाट सहयोग गर्ने बताएका छन्।
उसुमा काश्य पदक जितेका किरणले तीन लाख रुपैयाँ नगद हात पारेका छन्। त्यसमध्ये उनले ५० हजार रकम सहयोग गर्ने बताएका छन्। त्यसमध्ये उनले झन्डै ३६ हजार रकम सहयोग गरिसकेका छन्।
“बुढानिलकण्ठ, शुक्लाफाँटा तथा पुर्चौडी नगरपालिकामा रकम सहयोग गरें। त्यसबाहेक दैनिक ज्यालामजदुरी गर्नेहरूलाई उनीहरूको परिवार हेरि रकम सहयोग गरेको छु”, किरण भन्छन्, “हुन त म आफैँ पनि सम्पन्न परिवारबाट आएको होइन। दुःख गरेर नै हुर्किएका हौं। त्यसैले पनि पुरस्कार बापत पाएको रकमको सानो हिस्सा दुःखमा परेका जनतालाई सहयोग गरौं भन्ने लागेर सहयोग गरेको हुँ।”
टेबलटेनिसकै अर्की खेलाडी स्वेच्छा नेम्वाङ पनि सहयोगमा व्यस्त छिन्। आफ्नै व्यवसाय गरेकी स्वेच्छाले व्यवसायसँग जोडिएका साथीहरूसँग मिलेर सहयोग गर्दै आएकी छन्। उनी भन्छिन्, “साथीहरूसँग मिलेर सहयोग गर्दै आएका छौं। तर, आफैं व्यक्तिगत तर्फबाट सहयोग गर्नेबारे सोच्दैछु।”
क्रिकेट खेलाडीहरूको छाता संस्था सिप्यानले पनि सरकारले स्थापना गरेको कोषमा ४ लाख ६२ हजार रुपैयाँ सहयोग गरेको छ।
सिप्यानले वार्षिक रूपमा आयोजना गर्ने एनसीसीएस-सिप्यान क्रिकेट अवार्डको पाँच विधाका विजेता खेलाडीलाई प्रदान गरिने पुरस्कार रकमबाट कोभिड-१९ रोकथाम तथा राहत कोषलाई सहयोग गरेको छ।
त्यस्तै राष्ट्रिय खेलकुद परिषद्ले पनि सरकारले स्थापना गरेको कोषमा ३२ लाख २६ हजार २३८ रुपैयाँ रकम सहयोग गरेको छ।
" /> काठमाडौं। कोभिड-१९ महामारीका कारण निम्न आय भएका आम मानिसको दैनिक जीवन संकटमा परेको छ। दैनिक आम्दानीका स्रोत बन्द भएपछि उनीहरू बेखर्ची बनेका छन्।अन्तर्राष्ट्रिय श्रम संगठनले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वभर कोभिड-१९ का कारण अनौपचारिक क्षेत्रमा कार्यरत एक अर्ब ६० करोड मानिसले रोजगारी गुमाएका छन्।

">