जुम्ला पुगेका ओखलढुंगाका छ मजदूर अलपत्र

ओखलढुंगा। खिजिदेम्बा गाउँपालिका-४ खिजीकातीका छ जना युवा लकडाउनका कारण जुम्लामा अलपत्र परेका छन्।

काठ चिरानको काम गर्न २७ फागुनमा जुम्ला पुगेका उनीहरू लकडाउनका कारण गाउँ फर्कन नसकेका हुन्।

कोरोना भाइरस संक्रमणको त्रासले काम गर्ने अवस्था नभएको र लकडाउनका कारण घर फर्कन पनि नसकेको सुकवीर तामाङले बताए।

लकडाउन लम्बिदैँ जाँदा आफूहरुलाई खान-बस्नसमेत समस्या भएको भन्दै उनीहरूले उद्धारको लागि अपील गरेका छन्।

खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले टाढाका अलपत्र नागरिकलाई गाउँ फर्काउन सक्ने अवस्था नरहेको बताएका छन्।

काठमाडौंबाट ७०० जनालाई उद्धार गरिएको भए पनि सवारी पासलगायतको समस्याका कारण जुम्लाबाट ल्याउन नसकिने रोकाले बताए। रासस

प्रतिक्रिया दिनुहोस्