काठमाडौं। विश्वव्यापी महामारी बनेको कोभिड-१९ विरुद्ध लड्न सरकारले देश लकडाउन गरेको अहिले छैटौं साता चलिरहेको छ। लकडाउनको पालना गराउने जिम्मेवारी सुरक्षाकर्मीले बहन गरिरहेका छन्।

देशभर लकडाउनको पालना गराउने, उल्लंघन गर्नेलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाउने काम होस् या कोरोना भाइरस संक्रमणका शंकास्पद व्यक्तिको नमूना संकलन गरेर प्रयोगशालासम्म पुर्‍याउनेदेखि स्वास्थ्य उपकरण र सामग्री देशैभर पुर्‍याउने कामसमेत सुरक्षा निकायहरुले गरिरहेका छन्।

नेपालमा पहिलो संक्रमित भेटिएका व्यक्ति चीनबाट आएका थिए। अहिले संक्रमितको संख्या ५७ पुगेको छ। र, पछिल्लो समय संक्रमण पुष्टि भएका धेरैजसो व्यक्ति कुनै न कुनै रुपले भारतसँग जोडिएका छन्।

कोही भारतबाटै संक्रमित भएर आएका छन्, कोही चाहिँ भारतबाट संक्रमण बोकेर आएका व्यक्तिसँग सम्पर्कमा आएपछि संक्रमित बनेका छन्।

यहीकारण करिब डेढ महीनादेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द गरेको सरकारले पछिल्लो समय भारतमा बढ्दो संक्रमणलाई प्रमुख थ्रेट मानेको छ। र, भारतसँगका सीमानाकामा आवागमन हुन नदिन विशेष कडाई गरिएको छ।

भारतसँगका सीमानाकामा कडाई गर्ने प्रमुख जिम्मेवारी सशस्त्र प्रहरी बलले पाएको छ।

सशस्त्र प्रहरीले आफ्नो ८५ प्रतिशत जनशक्ति नै महामारी नियन्त्रण र रोकथामको जिम्मेवारीमा परिचालन गरेको जनाएको छ। अर्थात्, करीब ३१ हजार सशस्त्र प्रहरी अहिले कोभिड १९ विरुद्धको अभियानमा फ्रन्टलाइनमा खटेका छन्।

त्यसमध्ये झण्डै साढे ८ हजार सशस्त्र प्रहरीलाई नेपाल र भारतबीचको सीमामा २४ घण्टा निगरानी गर्नेगरी परिचालन गरिएको छ।

अहिले नेपालमा कोरोना संक्रमणका हिसाबले सबभन्दा ठूलो थ्रेट मानिएको भारतसँग जोडिएको जम्मा एक हजार ८८० किलोमिटर सीमा क्षेत्र नै सिल गरिएको छ। सिल गरिएको सम्पूर्ण क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी गरिरहेको छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता, डीआईजी प्रविणकुमार श्रेष्ठले यो निगरानी गर्न सीमा क्षेत्रमा सशस्त्र प्रहरीका एक हजार २१३ वटा अस्थायी पोष्ट स्थापना गरिएको देखापढीलाई बताए। ती पोष्ट राखिएका स्थानमध्ये अधिकांश ठाउँमा सशस्त्र प्रहरीले पाल टाँगेरै आवास बनाएका छन्।

सीमामा निगरानी कडा पार्नकै लागि सशस्त्र प्रहरीले पहाडी जिल्ला र अन्य ठाउँमा खटाइएका जनशक्तिलाई त्यहाँबाट निकालेर सीमा र आसपासका क्षेत्रमा खटाएको छ।

सीमा नजिकमा यसअघि पनि सशस्त्र प्रहरीका सीमा सुरक्षा कार्यालय र भन्सार राजस्व गस्ती कार्यालय थिए। अस्थायी पोस्टमा करिब साढे आठ हजार थप जनशक्ति खटाइएसँगै सीमामा निगरानी झन् कडा भएको छ।

सीमा क्षेत्रमा पहरा दिइरहेका सशस्त्र प्रहरीले आँखाले नदेखिने ठाउँसम्म पनि निगरानी गर्न बाइनाकुलर, सीसीटीभीलगायतका प्रविधि र उपकरण पनि प्रयोग गरिरहेका छन्।

सशस्त्र प्रहरी बल सीमा सुरक्षाका लागि फ्रन्टलाइनमा खटेको नेपालको अर्धसैन्य बल हो। यो जिम्मेवारी बहन गर्ने क्रममा उसले भारतद्धारा अतिक्रमित नेपाली भूमिको यथार्थ पत्ता लगाउनेदेखि मिचिएको भूभागको डिजिटल नक्सा तयार पार्ने, हराएका सीमास्तम्भहरुको रेखांकन गर्नेलगायतका काम गरेको छ।

उसको यो कामबाट चिढिएका केही भारतीय एजेन्सीहरुले सशस्त्र प्रहरीलाई नै निशाना बनाउने काम गरे। कतिसम्म लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुँदा तिनै एजेन्सीहरुको दबाबमा सशस्त्र प्रहरीका बहालवालादेखि सबै पूर्व प्रमुखहरुलाई भ्रष्टाचार मुद्धा चलाउने काम गरिएको थियो।

महामारी नियन्त्रणका लागि मात्र खटिएको किन नहोस्, अहिले पनि सीमाक्षेत्रमा सशस्त्र प्रहरीको प्रभावकारी उपस्थिति ती एजेन्सीहरुलाई चित्त नबुझेको जानकारहरु बताउँछन्।

सशस्त्र प्रहरीका एक पूर्व महानिरीक्षक (आइजीपी)ले भने, “अहिले प्रभावकारी उपस्थिति हुनु भनेको भोलिका दिनमा सीमा सुरक्षाका लागि पनि प्रभावकारी हुनु हो। यो कुरा चित्त नबुझेकाहरुले फेरि पनि केही अप्ठेरोमा पार्ने काम गर्न सक्छन्।”

८२ हजार ६५० सुरक्षाकर्मी मैदानमा

महामारी नियन्त्रणका लागि लडिने लडाईंको अग्रपंक्तिमा स्वास्थ्यकर्मी हुन्छन्। तर, अहिले महामारीविरुद्धको लडाईंमा स्वास्थ्यकर्मीमात्र होइन, सुरक्षाकर्मी पनि फ्रन्टलाइनमा छन्।

कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) अन्तर्गत् रहेका चारवटा कलष्टरमध्ये एउटा हो, शान्ति सुरक्षा कार्य। यसअन्तर्गत् रहेर चारवटै सुरक्षा निकायले लकडाउन पालना गराउनेदेखि लिएर कोभिड १९ रोकथामका लागि गर्नुपर्ने अरु धेरै काम गरिरहेका छन्।

सीसीएमसी मातहत रहनेगरी भइरहेको यो कामको अगुवाई नेपाली सेनाले गरिरहेको छ।

सेनाका प्रवक्ता, सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार देशैभर कोभिड १९ नियन्त्रणका लागि ८२ हजार ६५० सुरक्षाकर्मी परिचालित छन्।

तीमध्ये सात हजार ४८६ सैनिक, नेपाल प्रहरी ४२ हजार १२, सशस्त्र प्रहरी ३१ हजार १५५ र राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर एक हजार ९९७ जना छन्।

“संक्रमण रोकथाम र नियन्त्रणसँगै स्वास्थ्य उपचारदेखि अरु कामसमेत सेनाले गरिरहेको छ”, सैनिक प्रवक्ता पाण्डेले भने, “स्वास्थ्य सामग्री खरिद गर्नेदेखि परीक्षणको काममा समेत सेना सक्रिय छ।”

सेनाले संक्रमण देखिएका ठाउँमा स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा त्यहीँ नै पुगेर नमूना संकलन गर्ने र त्यसलाई प्रयोगशालासम्म पुर्याउने काम गरिरहेको छ।

त्यसैगरी, नेपाल प्रहरीको आधाभन्दा धेरै जनशक्ति कोभिड १९ रोकथाम र नियन्त्रणमा परिचालित छ।

प्रहरी प्रवक्ता, डीआईजी निरजबहादुर शाही भन्छन्, “दैनिक शान्ति सुरक्षाको जिम्मेवारी त छँदैछ, विश्वव्यापी महामारी बनेको कोभिड १९ को संक्रमण रोकथाममा पनि हाम्रो आधाभन्दा धेरै जनशक्ति खटिएको छ।”

खासगरी लकडाउन कार्यान्वयन गराउने जिम्मेवारीमा परिचालित छ, प्रहरी। त्यसबाहेक संक्रमित भेटिएका घर, टोल, गाउँ वा जिल्ला सिल गर्न पनि प्रहरी नै खटिएको छ।

“शंकास्पद मानिसहरुलाई स्क्रिनिङ गर्ने, मेडिकल टीम खटिएर उपचार लगायतका काममा पनि प्रहरी केन्द्रित छ”, प्रवक्ता शाहीले भने, “सर्वसाधारणलाई क्वारेन्टाइनमा राख्ने, त्यहाँको सुरक्षा गर्ने, शंकास्पदको पहिचान र ट्रेसिङको कामसमेत गरिरहेका छौं।”

अत्यावश्यक वस्तुको ढुवानीका लागि आवश्यक सुरक्षा प्रबन्ध गर्न पनि प्रहरीले काम गरिरहेको प्रहरी प्रवक्ता शाही बताउँछन्।

" /> काठमाडौं। विश्वव्यापी महामारी बनेको कोभिड-१९ विरुद्ध लड्न सरकारले देश लकडाउन गरेको अहिले छैटौं साता चलिरहेको छ। लकडाउनको पालना गराउने जिम्मेवारी सुरक्षाकर्मीले बहन गरिरहेका छन्।

"> महामारी रोक्न नेपाल-भारत सीमामा १२१३ अस्थायी सुरक्षा पोष्‍ट: Dekhapadhi
महामारी रोक्न नेपाल-भारत सीमामा १२१३ अस्थायी सुरक्षा पोष्‍ट

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्