कोभिड-१९ बाट ७३ जना गैरआवासीय नेपालीको मृत्यु, पाँच हजार बढी संक्रमित
काठमाडौं। कोभिड-१९ को संक्रमणका कारण २० वैशाख साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा मात्रै ४९ जनाको मृत्यु भएको छ। लण्डनमा २७,  मिडल्याण्डमा ८, साउथ इष्टमा ११ र साउथ बेष्टमा तीन जनाको मृत्यु भएको हो।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण १५ जना गैरआवासीय नेपालीले ज्यान गुमाएका छन्उ। न्यूयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको हो।

यस्तै, संयुक्त अरब इमिरेट्स् (युएई) मा  पाँच, आयरल्याण्डमा एक, जापानमा एक, टर्कीमा एक र नेदरल्याण्डमा एक जनाको ज्यान गएको एनआरएनए अन्तर्गतको स्वास्थ्य समिति संयोजक डा. संजिव सापकोटाले जानकारी दिए।

यस्तै, संयोजक डा. सञ्जीव सापकोटाका अनुसार पाँच हजार दुई सय ४७ जना  गैरआवासीय नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन्। संक्रमितमध्ये एक हजार ५७० जना संक्रमणमुक्त भएको समेत समितिले जनाएको छ।

सापकोटाले मध्यपूर्वका केही देशहरुमा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको बताए। कतारसहित केही देशले दुई हजार ३०० नेपाली श्रमिक संक्रमित भएको तथ्यांक सार्वजनिक गरेका छन्। विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सको समूहले तयार पारेको आँकडा अनुसार २७ देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट संक्रमित छन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्